• होमपेज
  • मनोरञ्जन
  • लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द मा ‘र्याइँ र्याइँ सारङ्गी’ सार्वजनिक

लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द मा ‘र्याइँ र्याइँ सारङ्गी’ सार्वजनिक

  • आइतवार, कार्तिक २३, २०७७
लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द  मा  ‘र्याइँ र्याइँ सारङ्गी’ सार्वजनिक

लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द तथा गायिका सत्यकला राईको आवाजमा रहेको  ‘¥याइँ ¥याइँ सारङ्गी’ गीतको भिडियो सार्वजनिक भएको छ  । । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् ।

उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीत ¥याइँ ¥याइँ सारङ्गीको संगीत संयोजन पनि विकास चौधरीकै रहेको छ ।गीतमा मौलिक शब्द तथा नेपाली जनजिवन सुहाउदो परिवेशलाई बर्णन गरिएको छ ।

‘¥याइँ ¥याइँ सारङ्गी’ को म्यूजिक भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल रितु पौडेल र रञ्जन श्रेष्ठको अभिनय रहेको छ। विशेष कार्यक्रमकाबीच सार्बजनिक गरिएको ‘¥याइँ ¥याइँ सारङ्गी’ भिडियोका निर्मात्री राधिका उप्रेती हुन् भने सम्पादन रहेको माधव वेलबासेको। भिडियोको छायाँङ्कन आवेश बज्राचार्यले गरेका हुन् । त्यस्तैगरी साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ्ग तथा मास्टरिङ भोला पौडेलले गरेका छन्। भिडियोलाई एचपी इन्टरटेनमेन्टको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार