• होमपेज
  • मनोरञ्जन
  • गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा

गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा

  • सोमवार, कार्तिक १७, २०७७
गीत मार्फत आफ्नो ब्यस्त जीवन बताउंदै गायक ज्ञान सुब्बा

आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा बिगत ५ बर्ष देखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहेका छन् I हुनत् अढाई दशक अघिदेखिनै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याएका थिए I तर आफुलाई चित्त नबुझेपछि दर्शक -श्रोताहरुलाई समेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक सांगीतिक अभ्यासमा भनौ या त संगीतमा भबिष्य नदेखेर हो आफुलाई आफ्नै संसारमा भुलाएर एक्काशी देखापरेका थिए “तिम्रो प्रतिक्षा  ” एल्बमका साथ् आफ्नो खारिएको आवाजका साथ I

” हिउँदोको घाम जस्तै “बोलको उक्त एल्बम को गीतले राम्रै चर्चा बटुल्यो I  पल शाह र अलिशा राईको जोडी पनि सोही गीत मार्फत स्टारका रुपमा उदाए I अहिले आएर उनले नयाँ गीत  म्युजिक भिडियो सहित आफ्नै युट्युब च्यानल “ज्ञान सुब्बा ‘ मार्फत सार्वजनिक गरेका छन् I “

ओ ब्यस्त जीवन एकै छिन् पर्खि “बोल रहेको  गीत रबिन बान्तवा खावोहंग राईको शब्द -संगीतमा उनले आफ्नो मधुर आवाजले गीतमा पूराका पुरा न्याय गरेर गाएका छन्  I कर्मथलोको रुपमा हंगकंगमा बसोबास गर्ने गायक ज्ञान सुब्बा र गीतकार /संगीतकार  रबिन बान्तवा खावोहंग राईको आफ्नै ब्यस्त जीवनलाई गीत- संगीत मार्फत उजागर गरेको अनुभव यसका प्रत्येक शब्दहरुले बताउंछ I म्युजिक भिडियो निर्देशक  सोनाम पाख्रिनले सुन्दर गीतलाई निक्कै आकर्षक रुपमा भिडियोमा उतारेका छन्  I नायिका छुल्ठिम गुरुङ्ग , बालकलाकार सरगम राई र निर्देशक पाख्रिन स्वयंको अभिनय दमदार छ  I गीत संगै भिडियोले पनि सबैको मन छुनेछ  I

  समग्रमा सम्पूर्ण रुपमा एउटा आफ्नै कथा हेरिरहेकोर सुनिरहेको  पाउनुहुनेछ अधिकांश दर्शक – श्रोताहरुले  I

भावना रेकर्डिङ्ग स्टुडियो धरानमा रेकर्ड गरिएको तथा  गोपाल रसाइलीको संगीत संयोजन र मिन बिस्ट को मिक्सिङ्ग  तथा  बुद्ध थापाको छायांकन , सुशील न्यौपानेको सम्पादन उक्त भिडियोमा रहेको छ I

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा