• होमपेज
  • मनोरञ्जन
  • प्रविशा अधिकारीको ‘उड्यो रे मेरो मन’ सार्वजनिक ( भिडियो )

प्रविशा अधिकारीको ‘उड्यो रे मेरो मन’ सार्वजनिक ( भिडियो )

  • सोमवार, कार्तिक १७, २०७७
प्रविशा अधिकारीको ‘उड्यो रे मेरो मन’  सार्वजनिक ( भिडियो )

 गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ।  यस गीतलाई शैलेन्द्र एम प्रधान ( वावु ) ले संगीत संयोजन गरेका हुन्।

कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा ( धुर्व ) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ।  यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६  बढी म्युजिक भिडियो र ‘परिक्षा’ नामक एल्वम सार्वजनिक गरिसकेकाछन्।  गायक कडेलले यस गीतलाई  हेरेर प्रतिक्रिया दिन  सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार