• होमपेज
  • मनोरञ्जन
  • रुपक डोटेल र शसिका राईको स्वरमा ‘सिमसिमे पानी पर्‍यो…’

रुपक डोटेल र शसिका राईको स्वरमा ‘सिमसिमे पानी पर्‍यो…’

  • शुक्रबार, कार्तिक १४, २०७७
रुपक डोटेल र शसिका राईको स्वरमा ‘सिमसिमे पानी पर्‍यो…’

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत  ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मीसमेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।
गीतकार रावलले  ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक गर्नुभएको हो ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।
गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकमाझ आइसकेका छन् । धेरै गीत मार्फत उहाँ स्रोता÷दर्शकको मन मष्तिस्कमा बस्न सफल हुनुभएको छ । ‘यसपाली लोकप्याट्रनको अलिक पृथक गीत पस्किएको छु आशा छ मेरो यसअघिका गीत जस्तै यसले पनि सबैको साथ सहयोग पाउने छ’, जनकले भन्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने