• होमपेज
  • म्यूजिक भिडियो
  • बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

  • शनिबार, कार्तिक ८, २०७७
बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडलहरुको अभिनय रहेको छ ।
ले अभिनय गरेको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रबार साँझ सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् ।
भिडियोमा नायक पल शाहसँगै मोडलहरु रियासा दाहाल, उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ । अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको छ । आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन दीपक बिष्टले गरेका छन् भने कलर प्रबिन भट्टले गरेका छन् ।
झण्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा पुर्ण आशावादी छन् । गायक बसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’, ‘हाम्रो प्यारो अर्घाखाँची’ लगायतका दर्जनौं गीत चर्चित छन् ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि