• होमपेज
  • म्यूजिक भिडियो
  • श्रृष्टीको ‘चुपचाप बदलियो’ सार्वजनिक ( भिडियो )

श्रृष्टीको ‘चुपचाप बदलियो’ सार्वजनिक ( भिडियो )

  • बिहिबार, कार्तिक ६, २०७७
श्रृष्टीको ‘चुपचाप बदलियो’ सार्वजनिक ( भिडियो )

दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो  नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो  सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ।  यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्।

सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्।  काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्।  जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको  निर्देशन तयार पारिएको हो।

मोफसलमा रहेर  नेपाली र  मैथली गीत संगीत मार्फत आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गजुरेलका यसअघि ‘अनुपम रंग’, ‘दिलके डायरी’ , ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु  सार्वजनिक गरिसकेका छन्। ओस आर  डिजिटल मार्फत सार्वजनिक यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि