• होमपेज
  • म्यूजिक भिडियो
  • दशैंको रमाईलो गीतमा सरिता र राहुलको छमछमी

दशैंको रमाईलो गीतमा सरिता र राहुलको छमछमी

  • बुधबार, कार्तिक ५, २०७७
दशैंको रमाईलो गीतमा सरिता र राहुलको छमछमी

यो दशैंलाई लक्षित गरेर गायक सुवर्ण कुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोईरालाले नयाँ गीत ‘यो दशैंको रमाईलो…’ दर्शकमाझ ल्याएका छन् । डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । यो गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा पनि त्यत्तिकै व्यस्त छिन् । गीत निकै राम्रो भएकाले आफुले अभिनय गरेको सरिताले बताईन् ।

राहुल र सरिताले सँगै अभिनय गरेको यो तेश्रो भिडियो हो । उनीहरुलाई यो भिडियोमा जोडीको रुपमा निकै राम्रो देखिएको छ ।

यो गीतको भिडियोलाई यतीबेला भिडियोक्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीत र भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा अन्य कलाकारमा हेम श्रेष्ठ, मिना लामा, आस्था कार्की, ऋतु कोईराला, सुस्मिता श्रेष्ठ, अस्मिता पौडेल, अनुप दुलाललगायत छन् ।
लिँगे पिङ हालेर गाउँलेको जमघटमा यो गीतको भिडियो तयार गरिएको छ । तीन साता अघि छायाँकन गरिएको यो भिडियो यतीबेला रिलिज गरिएको हो ।

दशैंको अबसरमा भेट भएका अपरिचित युवा युवतीबीच पिङ खेल्दाबाट सुरु भएको प्रेम प्रसँग र दशैं तिहारको साँस्कृतिक भावलाई यो गीतमा समेटिएको छ । गीतको शब्द संगीत सुवर्णकै हो ।

कोरोनाले दमित भएका दर्शक श्रोतालाई केही क्षण भए पनि उल्लासमय गीत प्रस्तुत गरेर हर्षित तुल्याउन आफुले यो दशैंगीत बजारमा ल्याएको गायक तथा संगीतकार सुवर्ण कुमारले बताए ।

मोहनिस श्रेष्ठको छायाँकन, सुवर्ण कुमारको सम्पादन, मिना लामाको सृँगार, दिलमायाँ मगरको ड्रेस डिजाईन, रेश्मा श्रेष्ठको एसोसिएट कोरियोग्राफीमा सो भिडियो तयार भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि