• होमपेज
  • म्यूजिक भिडियो
  • चलचित्र पर्दाफासमा गीतकार बिष्णु कार्कीको रचना (भिडियो सहित)

चलचित्र पर्दाफासमा गीतकार बिष्णु कार्कीको रचना (भिडियो सहित)

  • शनिबार, कार्तिक १, २०७७
चलचित्र पर्दाफासमा गीतकार बिष्णु कार्कीको रचना (भिडियो सहित)

कुनै पनि नेपाली चलचित्र सफल हुनुमा त्यस भित्र समाबेस गीत संगीतको पनि महत्वपुर्ण भूमिका हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले उक्त मसलाका लागि निकै मेहनत गर्ने गरेका हुन्छन् । यसैलाई ध्यानमा राखेर अहिले नेपाली चलचित्र “पर्दाफास” मा समाबेस गीत “झिलिमिली झिलिमिली” सार्बजनिक भएको छ । गीतको अडियोको प्रस्तुति मिरा कार्कीको भएता पनि भिडियोलाई बसन्त राना, निर्मल दर्नाल र बिष्णु कार्कीले निर्माण गरेका हुन् । प्रस्तुत गीतमा मिरा कार्की र बि.बि अनुरागीको स्वर रहेको छ ।

नेपालीहरुको दोश्रो महान चाड दिपावली नजिक आइरहंदा, झिलिमिली बत्तिको चाड रङ्गयाउन यस गीतले राम्रो भूमिका खल्नेमा कलाकारहरु ढुक्क रहेका छन् । यस गीतलाई गायिका मिरा कार्कीले आफ्नो प्रस्तुतिमा तयार गरेकी थिइन् । तर पछी  चलचित्र पर्दाफासका लागि माग भए पश्चात उनले यस गीतलाई उक्त चलचित्रमा समाबेस गर्नु अनुमति दिएकी हुन् ।

बि.बि अनुरागिको संगीतले भरिएको  गीतलाई गीतकार बिष्णु कार्कीले कोरेका हुन् । विष्णुले यस अघि पनि थुप्रै गीतहरुलाई लिपिबद्ध गरिसकेका छन् । यस गीतको भिडियोलाई सुदन धितालले निर्देशन गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन ललित सिंह साउदले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने