• होमपेज
  • म्यूजिक भिडियो
  • भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

  • बिहिबार, अशोज २२, २०७७
भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो ।

गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँको ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताईन । सुब्बा अफै राम्रो गायिका समेत हुन । उनका मालिङ्गो सैसै, भूमिका र संगिनी तीन ओटा सोलो एल्बम रहेका छन् भने आधा दर्जन भन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको खास गरी जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन । त्यसैको निरन्तरता हो ‘बनचरी’ ।

चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाईका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छिन् ।

साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन । बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाण्डौ उपत्यका छेउछाउँका ग्रामिण दृष्यहरु समेटिएका छन् ।

चाडपर्व नजिकिदै गर्दा एउटी छोरीले माइती गाउँ र जन्मदिने आमा सम्झिएर बनचरी जस्तै स्वतन्त्र भइ आमालाई भेट्न माइतीघर जाने भाव इच्छा गीतमा अभिव्यक्त भएको संगीतकार साजन राईले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि