• होमपेज
  • म्यूजिक भिडियो
  • सिडी विजय अधिकारीको ‘सम्झेर सानु’ सार्वजनिक

सिडी विजय अधिकारीको ‘सम्झेर सानु’ सार्वजनिक

  • बुधबार, अशोज १४, २०७७
सिडी विजय अधिकारीको ‘सम्झेर सानु’  सार्वजनिक

गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

अमेरिकामा रहेर गीत रचना र संगीत सिर्जनामा सक्रिय रहनुभएका दिल खड्काको यस गीतमा शब्द संगीत रहेको छ।  गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

सेण्टिमेण्टल भर्सनको यस गीतमा सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ।  धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो  प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु  प्रति यो गीत समर्पित छ।

म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  कला, साहित्य र संगीतको प्रवर्दनमा समर्पित जीटुजी मिडिया  (G2G Media ) को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

परदेशीको पिडा र नेपालीहरुको महान् चाड दशैँको भाव समेटिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन निर्माण टिमले  सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि