• होमपेज
  • समाचार
  • विभिन्न कारणले इन्टरनेटमा समस्या

विभिन्न कारणले इन्टरनेटमा समस्या

  • आइतवार, भदौ २१, २०७७
विभिन्न कारणले इन्टरनेटमा समस्या

सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।

सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दाधेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताउनुभयो ।

“ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्, हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ”, उहाँले साउदले भन्नुभयो ।

सिइओ साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेका र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने बताउनुभयो । उहाँले कुनै बेला फेसबुक, युटुब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्ने गरेको गुनासो गर्नुभयो ।

यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ, भोलि यस्तै अर्को एप आउला, धेरै इन्टरनेट खपत गर्ने साइट आउला, त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ, त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन सक्दैन, हामीले कम गर्दै लैजाने हो ।”

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ । उहाँका अनुसार अहिले नेपालमा इन्टरनेटको खपत धेरै बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता छ, ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुनेछ ।

कोरोनाका कारण समस्या झनै बढ्दो

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणले देशभर लागू गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ । विशेषगरी टिकटक, फेसबुक र युटुबका प्रयोगकर्ताको सङ्ख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पु¥याउन हम्मे–हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ साउदको भनाइ छ ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उहाँले जानकारी दिनुभयो । “लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो, अहिले पाँचदेखि छ सय जीबीपीएस खपत भइरहेको छ, प्रायःजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ, यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ”, सीईओ साउदले भन्नुभयो ।

उहाँका अनुसार कोरोनापछि गूगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको छ । मनोरञ्जनका लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि