• होमपेज
  • मनोरञ्जन
  • शिव परियारको ‘नाचें फिरिरी’, ३ दिनमै ६ लाख बढी भ्युज

शिव परियारको ‘नाचें फिरिरी’, ३ दिनमै ६ लाख बढी भ्युज

  • आइतवार, साउन १८, २०७७
शिव परियारको ‘नाचें फिरिरी’, ३ दिनमै ६ लाख बढी भ्युज

डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ ।

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका झापाली गीतकार डा. गिरी वरिष्ठ वातावरणविद् हुन् । गीतकार गिरीका लगभग १ दर्जन गीत रेकर्ड भईसकेका छन् । अरु गीतका भिडियो पनि क्रमैसँग रिलिज गरिने कुरा उनले जानकारी गराए ।

गम्भीर विष्टको परिकल्पना तथा निर्देशन, सुबोल थापाको कोरियोग्राफी र अर्जुन तिवारीको सिनेम्याटोग्राफीमा छयाँकन भएको यस भिडियोमा विकाश ज्ञवालीले सम्पादन र जीवन थापाले कलर करेक्शन गरेका छन् । भिडियोमा दर्शकले अत्यन्तै रुचाएका कलाकार ट्वीन्सर्् प्रिज्मा र प्रिन्सी खतिवडा तथा सागर लम्साल ‘बले’ले प्रमुख मोडलको रुपमा नृत्य तथा अभिनय गरेका छन् ।

नेपाल चलचित्र विकाश कम्पनी बालाजूमा भब्य सेट लगाएर केहीदिन अघिमात्र भिडियोको छायाँकन गरिएको थियो । भिडियोको लागि कला निर्देशक विजय चौधरीले आकर्षक सेट लगाएका थिए । भिडियो Rupantara Music मा हेर्न सकिन्छ ।

‘क्या दामी भो…’ र ‘पिलायो साथी…’ले जस्ता पिउने पिलाउने गीतबाट विशेष र फरक प्रकारको चर्चा पाएका शिव परियारले अब ‘नाचें फिरिरी…’ले संसारभरका स्टेज तताउने प्रतिक्रिया दिएका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि