• होमपेज
  • समाचार
  • तीन सय १६ ग्राहक कालोसूचीमा

तीन सय १६ ग्राहक कालोसूचीमा

  • बुधबार, साउन १४, २०७७
तीन सय १६ ग्राहक कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ । लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको हो । लाइन काटेको छ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ ।

कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट रु १६ लाख २३ हजार १८८ र पहिलो चरणका २७० ग्राहकबाट रु ७२ लाख ५५ हजार ५२४ बक्यौता उठाउनुपर्ने हुन्छ । महतोले उनीहरुमध्ये ११ ग्राहकले कालोसूचीमा राखेपछि बक्यौता रकम तिरेका छन् । उनीहरुबाट रु सात लाख ९२ हजार २४४ असुली भएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा राखिएका ग्राहक नेपालको जुनसुकै स्थानमा गएर बसेको भए पनि उनीहरुको लाइन काट्ने र असुली गर्ने, बैंक वित्तीय संस्थालाई उनीहरुको विवरण जानकारी गराई सेवा रोक्नेलगायतका कामको प्रक्रिया शुरु गरिएको महतोले जानकारी दिनुभयो । कार्यालयले सोही समयमा एक हजार ६५३ को लाइन काटेको जनाएको छ । उनीहरुबाट रु दुई करोड ७९ लाख ५३ हजार ४३५ असुली हुनुपर्नेमा एक हजार १५० जनाबाट रु तीन करोड दुई लाख ३३ हजार १५८ असुली भएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन् । उनीहरुबाट वार्षिक १४ करोड ९७ लाख ६३ हजार ६६९ युनिट विद्युत् खपत हुने गरेको छ । भरतपुर महानगरमा ९८ प्रतिशत विद्युतीकरण भई सकेको छ भने इच्छाकामना गाउँपालिका–१ मा रहेका ७०० घरधुरी विद्युतीय सेवाबाट वञ्चित रहेको कार्यालयले जनाएको छ । विद्युतीकरण नभएका क्षेत्रका लागि पूर्ण विद्युतीकरणअन्तर्गत रु १६ करोड ६३ लाख २६ हजार बजेट विनियोजन गरिएको र ठेक्काको काम सम्पन्न भई यही आर्थिक वर्षमा पूर्ण विद्युतीकरण गरिने महतोले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि