• होमपेज
  • मनोरञ्जन
  • सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” बजारमा

सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” बजारमा

  • सोमवार, असार २९, २०७७
सन्तोष बि.सी र करिना सुनारको स्वर “भुल्ने बानि” बजारमा

बिशेष गरेर पुर्बेली गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल गायक सन्तोष बि.सी को सुमधुर स्वरमा एक निकै मनछुने गीत भर्खरै मात्र बजारमा आएको छ । बिष्णु बि.सी र सबिता कार्कीको नाममा बजारमा आएको “भुल्ने बानि” बोलको गीतमा सन्तोष सहित करिना सुनारको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गायक सन्तोषले पुबेली गीतहरु मात्र नभई विभिन्न भूभागका गीतमा आफ्नो स्वर भरेर चौतर्फी रुपमा आफ्नो उचाई बढाई सकेका छन् ।

गीतको म्युजिक भिडियोमा अशंख्य दर्शकहरुको मन मस्तिष्कमा डेरा जमाउन सफल मोडल बिष्णु बि.सी को अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । मोडल बिष्णुको साथमा कथा भित्र अनुबन्दित रहेर सबिता कार्की र सान्जे गुरुङ्गको अभिनयले पनि “भुल्ने बानि” बोलको गीतलाई न्याय गरेको छ ।

जिबनको कुनै मोडमा पुगेर यस्तो सम्म हार खाइदियो रहेछ कि, आफुले जिबनभरी संगै बाँच्छु र संगै मर्छु भन्ने कसम खाएर माया गरेको प्रेमिकाबाट अन्ययासै अलगिनु पर्दा र त्यहि बिछोडको दिन गणना गरेको बस्नु पर्दाको पिंडा यस गीतको भावमा भेटिन्छ । गीतलाई लय संजय श्रीपाली र शब्द सागर रेग्मीले भरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन गायक स्वयम् सन्तोष बि.सी ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् । गीतको अडियो तथा म्युजिक भिडियोलाई मन्दिर म्युजिक प्रालिले बजारमा पठाएको हो ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि