• होमपेज
  • कलिउड
  • चार चलचित्रको तयारीमा घायल

चार चलचित्रको तयारीमा घायल

  • बुधबार, असार २४, २०७७
चार चलचित्रको तयारीमा घायल

गीतकारको रुपमा स्थापित शंकर अधिकारी घायल यतिबेला एकै साथ विभिन्न चार वटा नेपाली चलचित्रको प्री प्रोडक्शन मा व्यस्त छन् ।

यति बेला उनी दानराज, प्रतिशोध, प्रेम पुजारी तथा तक्दिर शीर्षकका चलचित्रको लेखन तथा निर्देशन सहित छायांकनको तयारीमा छन् ।

सुनसरीको झुम्कामा माता राधादेबी र पिता गोपाल अधिकारीबाट जन्मिएर झुम्काकै भासि माबिबाट माद्यामिक शिक्षा पूरा गरेका घायल ले पशुपती क्याम्पस, चाबहिल बाट उच्च शिक्षा हासिल गरेका हुन् ।

कलेजमा अध्ययनरत छँदा नै
कथा, लघुकथा लेख्न थालेका घायल ले
रेडियो नेपालबाट प्रसारण हुने गीति कथाको कार्यक्रममा लेख्दा लेख्दै गीत लेखनतर्फ मोडिएका हुन् ।

चलचित्र मैदानमा गीत लेखेपछि उनी पूर्ण रूपमा गीतकारको रूपमा सक्रिय भए ।

चलचित्र दादागिरीको तिम्रो आँखामा बस्ने रहर भो मलाई‘। लोकप्रिय भएपछि उनले पछाडि फर्किएर हेर्नु परेन ।

लोकप्रिय हास्य शृंखला मेरी बास्सैको शिर्ष गीत लोकप्रिय भएपछि उनले थुप्रै चलचित्र तथा टेली चलचित्रका लागि गीतहरू लेखे ।

खलनायक, नासिब आफ्नो, लक हुँदै अन्दाजको सिम्पल सिम्पल कान्छि को डिम्पल पर्ने गाला सफल भएसंगै उनी चलचित्र को लेखनमा समेत सक्रिय भएका हुन् ।

उनले पहिलो चलचित्र लभ इज लाइफ लेखेपछि भोजपुरी चलचित्र ‌यी कैसन बौछार, तामाङ भाषाको चलचित्र जाथेवा अर्थात जेठो छोरा लेखे । त्यसपछि उनले करिब ३६ वटा तामाङ चलचित्रहरू लेखे ।

हालसम्म उनले लेखेका चलचित्रको संख्या नै ६३ पुगेको छ ।

गीतकार र लेखकको रूपमा स्थापित भएपछि उनले म्युजिक भिडियोमार्फत निर्देशनको क्षेत्रमा पनि हात हाले ।

निर्देशक बाबू बलामीसंगै संयुक्त रूपमा
पहिलो चलचित्र निर्देशन गरेपछि उनले मदहोस, सत्यम शिवम सुन्दरम, काँचुली, लभ जोन, मेरो दिल छ पोखरामा आदि चलचित्रमा लेखक तथा निर्देशकको रूपमा आवद्ध भए ।

अहिले आएर उनले एकैसाथ चार वटा चलचित्रको लेखन तथा निर्देशनमा घोषणा गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि