• होमपेज
  • समाचार
  • सशस्त्रमा वन्तले च्यापेकाहरु बढुवा हुने भन्दै चम्किए !

सशस्त्रमा वन्तले च्यापेकाहरु बढुवा हुने भन्दै चम्किए !

  • बिहिबार, असार ११, २०७७
सशस्त्रमा वन्तले च्यापेकाहरु बढुवा हुने भन्दै चम्किए !

सशस्त्र प्रहरी बल नेपाल पछिल्लो समय हाईहाई भएको छ । सशस्त्र प्रहरीले सिमा सुरक्षामा उल्लेखनीय उपस्थिती देखाएको छ । सशस्त्र महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नव निर्मित भवन यहि महिनाको ३ गते उद्घाटन गर्नुभएको हो ।

मुलुकको सिमा सुरक्षादेखि कोरोना भाईरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनमा  सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको प्रशंसा बढेको हो ।

भौगोलिक विकटताका बावजुद  पनि सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पु¥याएको योगदान र कोभिड—१९ महामारी नियन्त्रणमा देशभर सशस्त्र प्रहरीको परिचालन तथा भूमिकाले प्रभावकारिता बढायो ।

सशस्त्र प्रहरीसँगै आइजीपी शैलेन्द्र खनालको समेत चर्चा चुलिएको बेला संगठनमा केहिलाई पेट पोलिरहेको खबर छ । तत्कालिन विवादस्पद आईजीपी कोषराज बन्तको समयमा साख्खै भएकाहरु फेरि चल्मलाएसँगै यस्तो खबरले संगठनमा चर्चा पाएको हो । तत्कालिन समयमा बन्तले जस्तो धुम मच्चाए पनि ताली पिट्दै आएकाहरुको  सक्रियता बढेपछि धेरैले जिब्रो टोक्न थालेका छन् ।

एक एआईजीको नेतृत्वमा कानुन शाखाका एसपी र २ डिएसपीको समुहले संगठनमा हैकम प्रर्दशन गर्दै आएको खबर छ । हाल कानुन शाखाका एसपी युवराज अर्याल, डिएसपीद्वय होम ज्ञवाली र दयाराम शर्माको सक्रियताले हलचोक निकै तात्तिएको हो । अघिल्लो हप्ता मानव श्रोत विभागमा सरुवा भई आएका एआईजी पुष्पराम केसीको साथ आफुहरुले पाएको भन्दै यो समुहले संगठन नेतृत्व गरिरहेका आईजीपी खनालको समेत बद्नाम गर्न तल्लिन भएको खबरले हलचोकमा गरमागर्मी बढाएको हो ।

सामूहिक भावनाले कार्य गर्न सशस्त्र प्रहरीको नेतृत्व तहको निर्देशनलाई यस्ता क्रियाकलापले ठेस लागेको छ । राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने समयमा केन्द्रमा बसेर ब्यक्तिगत स्वार्थमा यसरी प्रहरी अधिकारीहरुनै लागेपछि जसका हातमा लाठी उस्का भयस भएको हो ?

तालुक मन्त्रालय गृहका सचिव महेश्वर न्यौपानेको आफुहरुलाई खास साथ रहेको भन्दै डिएसपीद्वय होम ज्ञवाली र दयाराम शर्माले सशस्त्र प्रहरीको नियमावली संशोधन गरेर भए पनि लेखा समुहबाट एसपी बन्ने दौडमा लागेको समाचार स्रोतले अभियान टाइम्स साप्ताहिलाई बताएको छ ।

संशोधनको यो खेलमा कानुन शाखाका एसपी अर्यालले समेत उनीहरुलाई होस्टेमा हैंसे गरेपछि गृह मन्त्री रामबहादुर थापा र सचिव न्यौपाने आफुहरुनै  मिलाउने भन्दै डिएसपीद्वयले कार्यलयको काम नै धोती लगाएर बढुवाको चक्करमा समय खर्चिएका हुन् ।

त्यसो त एआईजी केसीको कार्यकक्षमा रातो बत्ती बालेर पटक पटक कोठे बैठक भएपछि संशोधन बाहेकका अन्य खेलका बारेमा समेत छलफल हुने गरेको स्रोतको दाबी छ । संगठनको हित भन्दा कमजोर पार्ने यस्ता कोठे गोप्य बैठकका बारेमा सशस्त्र अधिकारीहरु बिच खुलेरै चर्चा हुन थालेको छ ।

संगठनमा लामो समयदेखि सेवा गरिरहेका बरिष्ठ हवल्दारको पिडा नदेख्ने तर आफ्नो सुर्ताका लागि कार्यलयको कामनै छाडेर आत्मरतीमा रमाउँदै हिड्ने त्यो पनि आफ्नै हाकिमका बिरुद्धमा ? यो कति सम्म अचाक्ली हो स्रोत भन्छ ।

लामो समयदेखि रोकिएको संगठनात्मक तथा ब्यवस्थापक सर्वेक्षण (ओएनएम) तालिमका बारेमा विचार नपुर्याउने ? संगठन हितमा खटिनु नपर्ने नपर्ने ? आफ्नो स्वार्थ पुर्तीका लागि गृह सचिव मेरो मान्छे भन्दै संगठनमा शक्ती प्रर्दशन गर्ने प्रवृतिले हानी गर्ने स्रोतको भनाई छ ।

मुख्यत सचिव न्यौपानेको आडमा डिएसपी शर्माले संगठनलाई नै चुनौती दिएर लामो समयदेखि तालिम केन्द्र बर्दघाटबाट  विदा लिएर यतै समय बिताएका छन् ।

सचिव न्यौपानेकै क्रियाकलापले बालुवाटारनै आजित भएर सरुवाको मुखमा पुगेका बेला ऐननै संशोधन गरेर बढुवा हुने सपना कति सम्भव होला ? त्यो भने हेर्न बाँकी नै छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि