• होमपेज
  • अटो
  • सवारी चालक अनुमति पत्रको नयाँ नियम

सवारी चालक अनुमति पत्रको नयाँ नियम

निजी र सार्वजनिक गाडी एउटैले व्यक्तिले चलाउन नपाउने

  • बिहिबार, असार ११, २०७७
सवारी चालक अनुमति पत्रको नयाँ नियम

संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न नयाँ वर्गीकरण गर्न निर्देशन दिएको छ । समितिमा आज बसेको बैठकले निजी सवारी साधनको लाइसेन्स बाहकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी फरक मापदण्ड तयार गरी कार्यान्वयन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले कोभिड–१९ का सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने पनि समितिले निर्देशन दिएको छ । बैंकको ऋणको ब्याजमा पुनर्तालिकिकरण गर्ने तथा सवारी मर्मतका लागि सहुलियत दरमा पुनरकर्जा प्रदान गर्ने व्यवस्था यथाशीघ्र मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख सहरहरुमा प्रवेश गर्ने सवारी साधनहरुले अत्याधिक धुलो थुपारेको भन्दै त्यस्ता सवारीसाधनलाई धूलोमुक्त गर्न काठमाडौं उपत्यका र प्रमुख सहरका प्रवेश नाकामा आवश्यकता अनुसार वासिङ सेन्टर स्थापना यस आर्थिक वर्षमा प्रारम्भ गर्न निर्देशन दिएको छ ।

समितिले नीतिगत स्थिरता कायम गर्न तीनै तहका सरकारले समन्वय गरी राष्ट्रिय नीति निमार्ण गर्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ । भारतीय सवारी साधनको निर्वाध आवतजात र प्रयोगलाई नियमन गर्न पनि निर्देशन दिएको छ । समितिले स्मार्ट लाइसेन्स, इम्बोस्ड नम्बर जिपीएस ट्यापिङलगातका नयाँ व्यवस्थालाई एकीकृत सूचना प्रणालीमा जोडेर नियमन तथा व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले यातायात व्यवस्था विभागको हालको जनशक्ति पर्याप्त नभएको भन्दै आवश्यक जनशक्ति परिपूर्ति गर्ने काम तत्काल अगाडि बढाउन पनि निर्देश गरेको छ । यातायात व्यवस्था विभागमा जनशक्ति कम हुँदा त्यस अन्तर्गतका कार्यायहरुमा कामको चापलाई समयमै व्यवस्थापन गर्न कठिनाइ भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।

त्यसैगरी समितिले कोभिड १९ को संक्रमणको वर्तमान अवस्थामा सार्वजनिक यातायात संचालनको ठोस योजना बनाइ कार्यान्वयन गर्न र उक्त कार्यायोजना समितिलाई उपलव्ध गराउन समितिले निर्देशन दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि