• होमपेज
  • रोजगारी
  • बेलायतकै ठूलो बैंकले ३५ हजार कर्मचारी कटौति गर्ने

बेलायतकै ठूलो बैंकले ३५ हजार कर्मचारी कटौति गर्ने

  • बिहिबार, असार ४, २०७७
बेलायतकै ठूलो बैंकले ३५ हजार कर्मचारी कटौति गर्ने

बेलायतको सबैभन्दा ठूलो बैंक हङकङ सांघाई बैंकिङ कर्पाेरेशन (एचएसबिसी)ले आफ्ना ३५००० कर्मचारीलाई जागिरबाट हटाउने योजनालाई पुुनः सुुचारु गर्ने जनाएको छ ।

बैंकका नयाँ कार्यकारी प्रमुुख नोइल क्विनले आफ्ना विश्वभरका दुुई लाख पैंतीस हजार कर्मचारीलाई एक सन्देशमार्फत यस्तो जानकारी दिएका हुुन् ।

बैंकले गत फेब्रुुअरी महिनामा कर्मचारी कटौति गर्ने योजना घोषणा गरेको थियो, तर कोरोना महामारीका कारण उक्त योजनालाई थाति राखिएको थियो ।

बैंकले यो निर्णयबाट प्रभावित कर्मचारीका लागि आन्तरिक काम भने खोजिदिने जनाएको छ । महामारीको यो घडीमा आफ्ना कर्मचारीलाई अन्त काम खोज्न बिदा दिन नचाहेको भन्दै बैंकले गत अप्रिल महिनामा कर्मचारी कटौति गर्ने निर्णयलाई तत्काल लागू नगर्ने जनाएको थियो ।

बैंकलाई पुुनरसंरचना गर्ने कार्यक्रम अनुुरुप बैंकले आफ्ना ३५ हजार कर्मचारीलाई कामबाट हटाउने योजना बनाएको थियो । जसअन्तर्गत बैंकले सन् २०२२ भित्र करीब ४.५ बिलियन डलर खर्च कटौति गर्ने उद्देश्य लिएको छ ।

यस्तै बैंकले कम नाफामूलक क्षेत्रलाई पुर्नर्विचार गर्ने जनाएको छ । बैंकको नाफा र विस्तार उच्च विन्दुुमा पुुग्दा बैंकले ३ लाख भन्दा धेरै कर्मचारीलाई भर्ना गरेको थियो । तर सन् २००८ मा देखिएको वैश्विक आर्थिक संकटका कारण बैंकले आफ्ना व्यवसायहरु बिक्री गर्दै विश्वका केही देशहरुबाट बाहिरिएको थियो । सन् २०१६ मा यो सूूचिमा ब्राजिल समेत परेको थियो ।

कोरोनाको महामारीले बैंकले निरन्तर रुपमा घाटा व्यहोरिरहनुु परेको छ । यसका साथै बैंकले राजनीतिक चुुनौतिको सामना समेत गरिरहनुु परिरहेको छ । अमेरिका र चीनको राजनीतिक झमेलाको बीचमा परेका कारण पनि बैंक संकटउन्मुख भएको बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर