• होमपेज
  • वाणिज्य बैंक
  • एनआइसी एसियाले बचतको ब्याज दर घटायो

एनआइसी एसियाले बचतको ब्याज दर घटायो

  • बिहिबार, असार ४, २०७७
एनआइसी एसियाले बचतको ब्याज दर घटायो

एनआइसी एसिया बैंकले बचतको ब्याज दर ०.५ प्रतिशत बिन्दुले घटाएको छ। बैंकले बिहीबार वेबसाइटमार्फत नयाँ ब्याज दर सार्वजनिक गरेको छ।

बैंकले बचतमा अधिकतम ५.५ र न्यूनतम ३.५ प्रतिशत ब्याज दिँदै आएको थियो। यसमा बैंकले ०.५ प्रतिशतले कटौती गरेर बढीमा ५ र न्यूनतम ३ प्रतिशत ब्याज दर कायम गरेको हो।

बैंकले ०.५ प्रतिशत बिन्दुले ब्याज घटाउँदा ब्याज खर्च ४२ करोड २१ लाख रुपैयाँभन्दा बढी कम हुने छ।

बचतको ब्याज घटाउँदा त्योसँग जोडिएको कल डिपोजिटको ब्याज पनि घट्छ। राष्ट्र बैंकले बचतको न्यूनतम ब्याजभन्दा बढी कल डिपोजिटमा दिन पाइँदैन। यसो हुँदा कल डिपोजिटको अधिकतम ब्याज दर साढे तीन प्रतिशतबाट तीन प्रतिशतमा कायम भएको छ।

बैंकसँग बचत खातामा ६७ अर्ब ५० करोड र कलमा १६ अर्ब ९३ करोड रुपैयाँ निक्षेप छ। यो बैशाखसम्मको स्वदेशी मुद्राको निक्षेप हो।

एनआइसी सर्वाधिक बचत खाता (प्रडक्ट) भएको बैंक हो। बैंकसँग कुल ९४ प्रकारका बचत खाता छन्। यसमध्ये ७८ प्रकारका खाताको ब्याज दर ३ प्रतिशत छ भने १६ प्रकारका खाताको ब्याज दर ५ प्रतिशत छ।

नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई निर्देशन दिँदै ऋणीको ब्याज दर २ प्रतिशत बिन्दुले कटौती गर्न भनेको थियो। त्यसपछि बैंकहरुले निक्षेपको ब्याज घटाउन पहल गरेका थिए। बैंकहरूको तयारी बारे थाहा पाएपछि राष्ट्र बैंकले असार मसान्तसम्म निक्षेपको ब्याज नघटाउन मौखिक निर्देशन दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि