• होमपेज
  • सहकारी
  • माकलबारी साकोसद्वारा ब्याज तथा जरीवानामा छुट

माकलबारी साकोसद्वारा ब्याज तथा जरीवानामा छुट

  • आइतवार, जेष्ठ २५, २०७७
माकलबारी साकोसद्वारा ब्याज तथा जरीवानामा छुट

गोकर्णेश्वर नगरपालिका–४, माकलबारी स्थित रहेको माकलबारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई ऋणमा छुट दिने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) को महामारी र त्यसबाट सुरक्षित रहन सरकारले गरेको बन्दाबन्दीको कारण ब्यापार ब्यवसाय बन्द भई मारमा परेका संस्थाका ऋणी सदस्यहरुलाई राहत स्वरुप ऋणको ब्याज तथा जरीवानामा छुट दिने निर्णय गरेको छ ।

माकलबारी सहकारीले सदस्यको ‘व्यापार, ब्यवसाय र आम्दानीमा परेको असरलाई मध्यनजर गर्दै संस्थाको संचालक समितिको २०७७ जेठ २२ गते बसेको बैठकले बन्दाबन्दीको अवधिमा ऋणमा उठेको ब्याज र विलम्ब शुल्कमा छुट दिने निर्णय भएको जानकारी संस्थाले जनाएको छ ।

संस्थाले नोवेल कोराना भाइरस (कोभिड–१९) बाट सदस्यहरुलाई परेको असर तथा ऋणमा दिने ब्याज छुट सम्वन्धमा २०७६ चैत्र १० गते सम्मको साँवा र व्याज बुझाउने सदस्यले २०७६ चैत्र २०७७ बैसाख, जेठ असार मसान्त सम्मको सम्पुर्ण किस्ता र ब्याज रकम २०७७ असार २५ गते भित्र बुझाएमा ब्याज रकममा ५% छुट, सम्पुर्ण ब्याज मात्र बुझाएमा ब्याजमा ४% छुट र उठेको आधा ब्याज बुझाएमा २% छुट र असार मसान्तसम्म बुझाएमा जरीवाना तथा बिलम्ब शुल्क छुट दिने निर्णय गरेको संस्थाका व्यवस्थापक सुमन भट्टराईले जानकारी गराएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार