• Skip this

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

Advertisement area

  • होमपेज
  • अन्तरवार्ता
  • बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसन गरेर फाष्ट ट्रयाकमा काम गर्ने मोडालिटी बनाउने उचित समय पनि यहि हो

बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसन गरेर फाष्ट ट्रयाकमा काम गर्ने मोडालिटी बनाउने उचित समय पनि यहि हो

अनिल कुमार उपाध्याय, सीइओ, कृषि विकास बैंक लिमिटेड

  • शुक्रबार, बैशाख १९, २०७७
बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसन गरेर फाष्ट ट्रयाकमा काम गर्ने मोडालिटी बनाउने उचित समय पनि यहि हो

अनिल कुमार उपाध्यक्ष चिनाई राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग इतिहासमा तीन दर्शक विताएका उपाध्ययले कृषि विकास बैंकबाटै अधिकृत स्तरबाट बैकिङ्ग करियर शुरु गरेका थिए । उपाध्याय सालिन स्वभाव र सोच विचार गरेर निर्णय लिने सीइओहरुको सूचि भित्र पर्ने बैंकर मानिन्छन् । अनिलकुमार उपाध्याय ३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाई वर्षमै कृषि विकास बैंकको सीईओ बनेका एक सफल बैंकर भनेर पनि परिचित छन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन र हुँदैन पनि । यो अवस्थामा पनि नेपालको सरकारी बैंक कृषि विकास बैंक लिमिटेडले धेरै भन्दा धेरै शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ कृषि विकास बैंक लिमिटेडले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न प्राय सबै शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ ।

शाखा खुलेको मात्रै छ कि कारोबार पनि भएका छन् । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र केही दिन पछि आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर घटाएको देखिन्छ साथै कर्जाका ग्राहकहरुको खाताबाट चैत्र मसान्तमा बैंकहरुले पैसा तानेको देखिन्छ । नेपालको अर्थतन्त्र र नेपालको बैकिङ्ग प्रणालीलाई यसले कस्तो असर पर्ला, कृषि विकास बैंकको खराब कर्जा घटाउन के गर्नुपर्ला, यी र यस्तै विषयमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० नेपाल कोरोना भाईरसको रोगथामका लागि लकडाउनमै छ यस्तो विशम र अप्ठ्यारो अवस्थामा कृषि विकास बैंकले कस्तो सेवा दिइरहेको छ त ?
अरु बैंकले दिएका सेवा हामीले पनि दिएका छौं । डिजिटल बैंकिङ्गलाई नै बैंकहरुले बढि फोकस गरेको अवस्था छ । अर्को कुरा हाम्रा ग्राहकहरुलाई यस्तो कठिन र विशम परिस्थितिमा पैसा नभएर औषधी मुलो खानबाट हामीले बञ्चीत पक्कै गर्दैनौ । पैसा बैंकमा छ उहाँहरुले चाहेको बखत दिन हामी तयार छौं । हामीले लकडाउन भएको दिनदेखि नै निरन्तर सेवा दिँदै आएका छौं । बैंकिङ अत्यावश्यक सेवा भित्र परेकोले पनि देशका विभिन्न शाखाहरुमार्फत हाम्रा ग्राहकहरुलाई सजिलै सेवा प्रवाह गरिरहेका छौं । कर्मचारीहरुको लागि विभिन्न स्वास्थ्य सुरक्षाका सामग्रीहरुको व्यवस्था मिलाएर काम अगाडि बढाइरहेका छौं ।

पालै पालो गरेर पनि शाखाहरुमार्फत नागरिकलाई सेवा दिइरहेका छौं । जसबाट सबै ठाउँका ग्राहकहरुले सेवाहरु पाउन भन्ने हाम्रो चाहना हो । १५० हाराहारीमा हामीले शाखाहरु खोलिरहेका हुन्छौं । अर्को, महत्वपूर्ण कुरा भनेको हामीले डिजिटल बैंकिङलाई बढी फोकस गरिरहेका छौं । डिजिटल बैंकिङको सेवा पुगेका ठाउँका ग्राहकलाई त्यसमा नै बढी प्राथमिकता दिइरहेका छौं । खासगरी एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङबाट बढी ट्रन्जेक्सन भएको छ ।

० कर्मचरीहरुको सुरक्षाको प्रवन्ध कसरी मिलाउनु भएको छ  ?
यो बैकिङ्ग सेवा अत्यावश्यक बस्तु भित्र पर्ने सेवा हो । हामीले रोगथामका सबै उपाय अपनाएका छौं । यो बेला ग्राहकलाई सेवा दिने हाम्रो दायित्व बढेको छ । यसलाई बहन गर्दै जीवनलाई सुरक्षीत बनाउनु पर्दछ । अर्को कुरा कर्मचारी साथीहरुको बीमा भएको छ । हामीले १ लाखको सबै कर्मचारीको बीमा गरेका छौं । उनीहरुको परिवार सहितको बीमा छ । ५ लाख कर्मचारी कल्याणकोषबाट दुर्घटना वा मृत्यु भएमा दिने कुरा पनि छ र अर्को ओभरटाईमको पैसा पनि दिने कुरा छ नि ।

० यो विशम अवस्थामा कारोबार कस्तो भएको छ,  सीइओ सर ?
आजका दिन सम्म २ लाख ६३ हजारको कारोबारको ट्रान्जीक्सन छन् । ८२ अर्ब रुपैया भन्दा बढिको कारोबार भएको छ । यी कारोबार सूचना प्रविधि र काउण्टरबाटै भएका हुन् ।
ठीकै छ । त्यति धेरै गटबढ छैन । तथ्याकं भन्ने हो भने १ लाख जतिले मोबाइल बैंकिङ ट्रान्जेक्सन गरेका छन् । एटीएमबाट ३०÷३५ हजारले गरेका छन् । यस्तै काउन्टर डिपोजिट पनि सन्तुलन नै छ । आरटीजीएस र आइपीएस पनि धेरै कारोबार भएको छ भने समग्र बैंकिङ कारोबारमा त्यति धेरै घटबढ छैन, राम्रो नै छ नि ।

लकडाउनमा पनि १/२ सय नयाँ मान्छेले यो सेवा लिनु भएको अवस्थ छ । यो एक महिनाको समावधिमा १ लाख भन्दा बढि टान्जेक्सन भइका छन्ं । मोबाइल एप्लिकेसन हामी सँग मोबाइल बैंकिङका ३ लाख ७३ हजार ग्राहक छन् । उनीहरुले एप्लिेकेसन डाउनलोड गरेर काम पनि बैंकिङ कारोबारको काम गरिरहनु भएको छ । मोबाइल बैंकिङबाट नै अहिले धेरैले कारोबार गरिरहेका छन् र हामीले पनि यसलाई जोड दिएका छौं ।

हामीले यो अवधिमा डिजिट बैंकिङका सम्पूर्ण जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंंकिङ र एटीएमबाट गरी साढे दुई लाख संख्या जति टान्जेक्सन भएका छ । यो अवधिमा सरकारी कारोबार पनि गरेका छौं । ग्राहकहरुले आफ्नो व्यक्तिगत प्रयोगका लागि पनि प्रयोग गरिरहेका छन् । हाम्रोमा गुनासो कम छ । एटिएममा कुनै पनि समस्या छैन । सरल र सहज ढंगले काम भइरहेको छ ।

राष्ट्र बैंकले अहिले मोबाइल बैंकिङको पेमेन्ट साइज पनि बढाएको छ । यो अझै पनि सानो साइज हो । यो समयमा धेरै ग्राहकहरु धेरै रकम पेमेन्ट इन्टरनेट अर्थात मोबाइल बैंकिङबाट नै गर्न चाहन्छन् । सुरक्षितको हिसाबले पनि हामी मोनिटरिङ गरिरहेका हुन्छौं ।

० कारोना भाईरसका कारण देश लकडाउन छ यसले बैंक र वित्तिय प्रणालीमा चाही कस्तो असर गर्ला ?
यसमा दुई वटा दायित्व छ । एउटा बैंक र वित्तिय क्षेत्र बच्चु प¥यो । अर्को ग्राहकलाई यो विशम र अप्ठ्यारो अवस्थामा राहत पनि दिनु प¥यो । त्यसकारण ठूलो आर्थिक अपेक्ष गर्नु भन्दा पनि भएको कुरालाई बचाउनु नै ठूलो कुरो हो ।

अर्को कुरा हामीले शाखाहरुलाई अत्यावश्यक सेवाको रुपमा लिएका छौं । अहिले बैंकिङमा जम्मा र भुक्तानी प्रणलीका रुपमा लिएका छौं । सरकारी कारोबार पनि छ । यी सबै कारोबार भइरहेकोले पनि बैंक अत्यावश्यक सेवा हो । यो पाटोलाई हेरेर हामीले साथीहरुलाई जिम्मेवारी दिएका छौं । क्वीक रिस्पोन्स टिम पनि निर्माण गरी काम गरिरहेका छौं ।

प्रत्येक कर्मचारीको एक लाखको बीमा पनि गरिदिएका छौं । कर्मचारीको सुरक्षामा हामी जिम्मेवार भएर लागि रहेका छौं । यो समय संकट व्यवस्थापन गर्ने हो । हामी पनि त्यसतर्फ नै लागिरहेका छौं । हाम्रा ग्राहकका समस्यालाई समाधान गर्ने किसिमले काम गरिहेका छौं । उनीहरुका गुनासो पनि सुनिरहेका छौं । यो समय कमाउने होइन । भएकोलाई बचाउँदै काम गर्ने हो ।
प्रस्ट भन्नुपर्दा केही असर पर्ने नै देखिन्छ । तर, यसलाई अवसरका रुपमा लिँदै अगाडी बढ्ने बेला हो । आशावादी बन्नु प¥यो निरासावादी हुनुहुँदैन । जनता र समाज रहे सबै कुरा ठिक हुन्छ । यो बुझ्नु जरुरी छ ।

० यो विशम अवस्थामा डिपोजिटका व्याजदर घटाउने र कर्जाको नघटाउने अवस्थामा चाहि किन आयो ?
हामीले यो निर्णय आउनु भन्दा अगाडी नै दुबै तर्फका व्याजदर घटाएका छौं । बेष्ट रेट १० हुँदा पनि ९ प्रतिशत कर्जा ब्याजदर गरेका छौं । अर्को कुरा के छ भने अहिले काउन्टर डिपोजिट नै १३ अर्बभन्दा बढी छ । काउण्टर वीथड्र १४ अर्बभन्दा बढी भइसकेको छ । यसले के देखाउँछ भने हाम्रो डिपोजिट हिजोको भन्दा तलमाथि भएको छैन । व्यापार पनि घटेको छैन । डिपोजिटमा पनि कुनै परिवर्तन आएको छैन । लिक्वीडिटी पनि राम्रै छ । लिक्वीडीटीको समस्या पनि हाम्रोमा छैन ।

तर, यो सबै आर्थिक सामाजिक वातावरण लगायतका कुराहरु भएकोले विश्वभर नै यो संकट आएको हो । सरकारले पनि अब कुन क्षेत्रलाई बढी प्राथमिकता दिएर रोजगारी बढाउने, दशको अर्थतन्त्रलाई कसरी मजबुद बनाउने योजनाहरु ल्याउनु पर्छ । त्यस्ता योजनाहरु आइपनि रहेका छन् नि ।

० बैंक तथा वित्तीय संस्था परिसंघले पनि केही व्याजदर छुट तथा सहुलियत दिने निर्णय गरेको छ । यसमा तपाईको धारणा चाहि के हो ?
हामीले परिसंघको कुरा पनि सुन्ने मात्रै हो । सञ्चालक समितिको निर्णयलाई लागु गर्ने हो । हामीले दुवै तिरको आधिकारिता हेरेर काम गरिहेका छौं । कृषि विकास बैंकले त त्यसको सम्बोधन गरिसकेको छ । उनीहरुको निर्णय भन्दा नै पहिले हामीले निर्णय गरेर लागु गरिसकेका छौं । माग गर्ने अधिकार त सबैलाई छ । तर, आधिकारिकता होकि होइन भन्ने कुरा मात्र हो । हामीलाई राष्ट्र बैंकले निर्देश्न गर्ने हो । सञ्चालक समितिले र्निणय गरी काम गर्न आग्रह गर्ने हो । हामी एनबिएमा आबद्ध छौं । एनबिएका निर्णय पालना गछौं तर, उहाँहरुका निर्णय लागु गर्नेपर्ने वाध्यता हामीलाई छैन । अनुरोधलाई हामी श्रद्धा गर्दछौं नि ।

० विदेशीएका धेरै युवाहरु अहिले स्वदेश फकिएको अवस्था छ । यो जनशक्तिलाई कृषितर्फ अग्रसर गराउनका लागि कृषि विकास बैंकको पनि महत्वपूर्ण भूमिका हुन्छ नि ?
पक्कै पनि अहिले धेरै युवाहरु स्वदेश फर्किसकेका छन् । उनीहरुमा भएको सीपको पहिचान गरी सीप अनुसारको काममा लगाउनु हामी सबैको दायित्व उत्तिकै हुन्छ । सर्वप्रथम त एउटा गरिब वा विपन्न वर्गलाई खाद्यान्न समस्याबाट बचाउँनु पर्यो । उनीहरुलाई खाद्यान्न संकट हुनु भएन । उनीहरु आफ्नै क्षेत्रबाट पनि सानो तिनो उद्यम गरेर स्वरोजगार बन्न सक्छन् ।

यसले आफ्नो खाद्यान्नको संकट पनि टार्छ । जस्तै, उसले बाख्रा पाल्यो भने पनि उ आत्मनिर्भर बन्न सक्छ । एउटा किसानका लागि बाख्रा पनि एटिएम मेसिन बन्न सक्छ । उसलाई जुन दिन चाहियो त्यही दिन बाख्रा बेच्न सक्छ । कामको गुणस्तरीय, प्राविधिक र पैसा यी तीन कुराको संयोजन मिलाउन सक्नु पर्छ । साना तथा मझौला व्यवासयी कर्जाहरु दिएर पनि उत्पादन देखि बजारीकरण गर्ने सम्मका कुराहरुमा विकास गर्नु पर्छ । उत्पादन र बजारीकरण गर्न सक्नुपर्छ । क्वालिटीमा कम्प्रमाइज गर्नु हुँदैन । अर्गा्निकमा फोकस गर्नु पर्छ । गाउँघरमा पनि साना–साना कोल्ड स्टोरको पनि व्यवस्था गर्नु पर्छ । उत्पादन भण्डारण र बजारीकरणमा व्यवस्था गरेर युवाहरुलाई स्वरोजगार बनाउन सक्यो भने अवश्य नै परिवर्तन हुन्छ ।

प्रविधिगत रुपमा अगाडि बढ्नुपर्छ ।क्षेत्रगत रुपमा विकास गर्दै लैजाने हो भने त्यहाँका मानिसहरुले रोजगारी पाउँछन् । खाद्यान्नको समस्या भोग्नु पर्दैन । स्थानीय स्तरको उत्पादित वस्तु त्यहीँ बजारीकरण गर्नु पर्छ । बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसन गरेर फाष्ट ट्रयाकमा काम गर्ने मोडालिटी बनाउने उचित समय पनि यहि हो । बीमा क्षेत्रलाई प्रभावकारी बनाउने समय आएको छ । यी विधि कुराहरुलाई मनन् गर्यो भने अवश्य नै परिवर्तन हुन्छ ।

साथै कृषि विकास बैंकको १० लाख मुनीका साना कर्जा ५५ हजार भन्दा बढि दिएको छ । अरु भन्दा कृषि विकास बैंक फरक छ । अनुदानमा ६÷७ अर्ब हाम्रो छ । गरिब र विपन्न वर्गमा हाम्रो ठूलो लगानी छ । कृषि विकास बैंक कृषिमै लगानी गर्न जन्मिएको बैंक भन्दा फरक पर्दैन । अर्को पक्ष कृषिलाई नछोड्ने अरु व्यवसायीलाई जोड्ने काम कृषि विकास बैंकले गरेको छ । अब चाही स्रोतलाई सुरक्षीत गर्दै लगानी गर्ने दायित्व बैंकहरुको पक्कै बढेको छ भूपेन्द्रजी ।

० यो केरोना भाईरसले नेपालको अर्थतन्त्र लाई कस्तो असर पार्ने देख्नु भएको छ ?
कोरोना भाइरसले एक दुई महिना मात्र होइन एक दुई वर्ष नै यसले असर पार्छ । यो समयमा ठूलो नाफा कमाउने व्यापार बढाउने भन्दा पनि सस्टेन काम गर्ने हो । आफ्नो व्यापार, कोरोबार र जनशक्तिलाई सस्टेन गर्ने खालको वातावरण आफैले सिर्जना गर्ने हो । यो समयमा जो टिक्छ भोलि उसले अवश्य कमाउँछ । नेपालमा अहिलेसम्म त्यति असर पारेको अवस्था छैन । हाम्रो जग्गाहरु बाँजा भएका छैन् । अहिले विदेशबाट गाउँमा युवाहरु फर्किएका छन् । उनीहरुको सीपलाई देशमै परिचालन तथा व्यवस्थापन गर्नु पर्छ ।

यी विभिन्न अवसरहरुलाई सदुपयोग गरेर विभिन्न योजना रणनीति ल्यायो भने अर्थतन्त्रलाई टेवा पुगाउन सकिन्छ । अहिले स्थानिय तह, प्रदेश सरकार र संघ मिलेर देशलाई यही समयमा परिवर्तन गर्ने अवसर आएको छ । यो देशलाई परिवर्तन गर्ने उचित समय हो । युवाहरुले रोजगारी पाउँछन् । साना तथा मझौला उद्यमीहरुलाई केही सहुलियत दिएर बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने हो । यसले खाद्यान्नमा पनि धेरै सहयोग गर्छ ।

त्यसकारण अब उत्पादन र बजारीकरण गर्यो भने देशको अर्थतन्त्रलाई पनि सहयोग हुन्छ र धेरैले रोजगारी पनि पाउँछन् । अब सबैले पर्यटनतर्फ पनि ध्यान दिनु पर्छ । यो हामीहरुका लागि अवसर छ । यसलाई सही सदुपयोग गर्यो भने हामी संकटलाई सहजै पार गर्न सक्छौं नि ।

० अहिले बैंकको खराब कर्जाको अवस्था के छ ?
सामान्यतः कृषि विकास बैंकको खराब कर्जालाई हेर्दा कुल कर्जाको तुलनामा २ प्रतिशत हाराहारी छ । खराब कर्जाको मात्रा बढ्न नदिन समयमै कर्जा असुलीलाई प्रभावकारी बनाउँदै लगेका छौं । खराब कर्जा वृद्धि हुन नदिन कर्जा लगानी प्रवाह गर्दाको अवस्थामा नै व्यक्तिगतभन्दा परियोजनामा आधारित कर्जालाई प्राथमिकता दिइरहेका छौं । कर्जा उठाउनु नै चुनौती त छ तर कर्जाको धितो पनि हुन्छ । त्यसकारण खराब कर्जा क्रमश घट्दै जानेछ, गईरहेको पनि छ ।

० तपाईको कृषि विकास बैंकका योजना चाही के छ त सीइओ साब ?
हाम्रो ध्यान नै व्यक्तिगत कर्जालाई निश्चित सीमामा राखेर परियोजनामूलक र उत्पादनमूलक क्षेत्रमा जानुपर्छ भन्ने छ । त्यही अभियानमा हामीले कर्जा नीति बनाएका छौं । अनुत्पादक क्षेत्रमा हाम्रो कर्जा लगानी धेरै कम छ । कृषि उत्पादन, प्रशोधन, पशुपालन, पर्यटन, जलविद्युत्मा हामी केन्द्रित छौं ।

मूल्य शृंखला निर्माण हुने र अर्थतन्त्रलाई बढावा दिने क्षेत्रमा हामी केन्द्रित छौं । साथै व्यावसायिक कृषि कर्जालाई प्रथामिकता दिएर हामीले अर्बै व्यावसायिक कृषि कर्जा (जसमा सरकारले ब्याज अनुदान दिएको छ) मा लगानी गरेका छौं । साथै आधुनिक बैंकिङ सेवालाई समयअनुसार सुधार गर्दै डिजिटल सबै वर्गरक्षेत्रका ग्राहकको पहुँच पुग्ने गरी उपलव्ध गराउन बैंकले आफ्नो कार्य अगाडि बढाइरहेको छ । अर्कोतर्फ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कृषि कर्जालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गरिरहेका छौं । हामीले हाम्रो पहलबाट वित्तीय सेवा दिँदै आएका छौं भने सरकारी कार्यक्रमसँगको सहकार्यमा कृषिको व्यवसायीकरणतर्फ पनि पहल गरिरहेका छौं नि ।

० अन्यमा केही भन्नु छ त ?
यो विशम र अप्ठ्यारो अवस्थमा सबै मिली तपाई, तपाईको परिवार आफ्न्त, जनता र देश बचाउने दायित्व तपाई हाम्रो काँधमा छ । त्यसकारण राज्यले दिएका सबै निर्देशन पालना गरौं अर्को कुरा रोजगारी र खाद्यान्न संकट टार्न वाझा हाम्रा जमिनलाई हरियाली बनाउ । यो अवसर हो । यसको सदुपयोग मनग्य गरौं । यसमा कृषि विकास बैंकले साथ दिने नै छ । नयाँ प्रविध सहित कृषि उत्पादन बढाऔं । राज्यले कृषिमा अनुदान दिने कृषि बीमा, पशु बीमा हुने भएकाले अवको आवश्यकतानै कृषि उत्पादन बढाउने हो ।

Facebook Comments

सम्बन्धित समाचार