• होमपेज
  • कोरोना अपडेट
  • का.म.न.पा. वडा नं. ७ मा राहत विवरण सम्पन्न

का.म.न.पा. वडा नं. ७ मा राहत विवरण सम्पन्न

  • शनिबार, चैत्र २२, २०७६
का.म.न.पा. वडा नं. ७ मा राहत विवरण सम्पन्न

मदनकृष्ण सिलवाल  । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनको कारण दैनिकजीवन ठप्प भैरहेको अवस्थामा आफ्नो वडाभित्र बसोबास गर्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि काठमाडौँ महानगरपालिकाका वडा ७ ले राहत वितरण सम्पन्न गरेको छ । गत चैत्र २० , २१ र २२ ३ दिन लगाएर राहत वितरण कार्य सम्पन्न गरिएको हो ।

राहत वितरण कार्यलाई सहजीकरण गर्न कुमारीगाल टोलसुधार, सामुदायिक सेवासमाज, गौरीनगरसुधार समिति, चावहिल गणेशस्थलान, चावहिल गंगाहिटी र सिफलमा वितरण क्षेत्र तोकिएको छ ।

जसअनुरुप कुमारीगाल टोलसुधार समाजअन्तर्गत सामादायिक सेवा समाज(मैजुवहाल, लाहुरेटोल, मैजुफाँट), गौरीनगरसुधार समितिअन्तर्गत उमाकुण्ड, गौरीनगरफाँट, चावहिल पिपलबोटभन्दा मुनि क्षेत्र), चावहिल णेशस्थानअन्तर्गत(चुच्चेपाटी, चावहिलबजार, मित्रपार्क, गणेशस्थानआसपास, चावहिल गंगाहिटीचोक(बुलबुले–विनायकटोल, गोपीकृष्ण शान्ति गोरेटो), सिफलअन्तर्गत (हिमायन विद्या मन्दिर आसपास, पनेकुटोल, गुरुङटोल, सिफल पानी ट्यांकी) लगायत क्षेत्रहरूबाट राहत वितरण गरिएको वडा सदस्य वडा सदस्य कृष्णप्रसाद घिमिरेले बताउनुभयो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन एवं संघसंस्था प्रतिनिधिको सहभागितामा लक्षित वर्ग पहिचान गरी हालसम्म वडाभरका १७०० भन्दा बढी परिवारलाई राहतस्वरुप चामल,दाल, नुन–तेल लगायत खाद्यान्न प्याकेट राहत सामग्री वितरण गरिएको गरेको वडाअध्यक्ष शुद्धकुमार डंगोलले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि