• होमपेज
  • कोरोना अपडेट
  • यो विपत र बिशम परिस्थितिमा नागरिक प्रति दायित्व बैंकहरुको छ

यो विपत र बिशम परिस्थितिमा नागरिक प्रति दायित्व बैंकहरुको छ

किरण कुमार श्रेष्ठ, सीइओ राष्ट्रिय वाणिज्य बैंक, संचालक बीमा समिति

  • शनिबार, चैत्र २२, २०७६
यो विपत र बिशम परिस्थितिमा नागरिक प्रति दायित्व बैंकहरुको छ

किरण कुमार श्रेष्ठ चिर्नाइ राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग क्षेत्रमा अब्बल नाम हो । बैकिङ्गलाई नजिकबाट बुझेका श्रेष्ठ बीमा समितिका बोर्ड सदस्य पनि हुन् । उनी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । चैत्र २५ गतेसम्मका लागि सरकारले देशलाई नै लकडाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा पनि नेपालको सरकारी ठूलो स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

राष्ट्रिय वाणिज्य बैंक खुलेको छ कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ ?यीनै बिषयमा राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठसंग भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० नेपालको सबै भन्दा ठूलो सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंकले यो बिशम र अप्ठ्योरो अवस्थामा कस्तो सेवा दिईरहेको छ ?
हामीले यो संम्वेदनशील र कठिन अवस्थामा पनि ११० शाखा संचालन गरि ग्राहकहरुर्लाइ सेवा दिएका छौं । १० बजेदेखि १ बजेसम्म आलोपालो गरि शाखा खुलार्ईएकोे अवस्था छ ।

तर, कारोबार अत्यन्तै कम छ । राजधानीका सेन्टर बनाएर बालाजु, कलंकी, बानेश्वर, चावहिल, बौद्ध, पुतलीसडकका शाखा संचालन गरेका छौं । जिल्लाहरुमा जिल्ला प्रशासन र स्थानीय सरकारसंग सहकार्य गरी शाखा संचलन गरेर सेवा दिएको अवस्था छ । यो बेला हामी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको दायित्व बढेको छ ।

हामी प्रति राज्य र जनताको ठूलो आशा छ । भूपेन्द्र जी हामी यही समाजका मान्छे हौं । हामीले यहि समाजलाई केही दिने हो । त्यो दायित्वबाट हामी बैंकर पछि पर्नु हुदैन नी । एलसी, बैंक ग्यारेन्टी जस्ता सेवा पनि दिएका छौं । हामीले भनेका छौं । घरबाट वाहिर नजानु होस् । डिजिटल बैंकिङ्ग सेवाबाटै कारोबार गरौं भनेर ।

० तपाईको भनाई सापटी लिने हो भने यति धेरै शाखा खोली ग्राहकर्लाइ सेवा दिनु भएको देखिन्छ । कोरोना भाईरसको महामारीमा कर्मचारी साथीहरुको स्वास्थ्य प्रति कति चिन्तित रहनु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नुभयो । सुरक्षाका सबै उपाय हामीले अबलम्बन गरेको अवस्था छ ।
कर्मचारीहरु हाम्रा सम्पत्ती हुन् । पहिलो दायित्व कर्मचारी साथीहरुको स्वास्थ्य कै हुन्छ । त्यसकारण सेनिटाईटर, माक्स दिएका छौं । एक पटक एउटा मात्रै ग्राहकलाई भित्र पठाउन गार्डहरुलाई भनेका छौं । भीड भाड छैन खासै कारोबार नै भएको छैन । घर भित्रै बस्ने बेला हो अहिलेको चिन्ता अर्थतन्त्रको होइन । जीवन बचाउने हो ।

० के यस्तो बेलामा फिल्डमा खटिएका कर्मचारी साथीहरुको सुविधाका प्याकेज पनि दिनु भएको होला नि ?
हामीले अफिससम्म लैजाने ल्याउने व्यवस्था गरेका छौं । सुविधाका प्याकेज ल्याउने सोचमा छौं । बैंकको बैठक बसेको छैन् । हामी केही महत्वपूर्ण निर्णय गर्ने छौं । कर्मचारी साथीहरुका लागि ढुक्क भए हुन्छ ।

० राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक हो । यस बेला यो बैंकको दायित्व बढेको तपाईले बताई रहँदा सरकारद्वारा कोरोना भाईरस बिरुद्ध लड्न बनाएको उच्च स्तरको सरकारी कोषमा कस्तो राहत सहयोग दिनु भएको छ त ?
तपाईले भने जस्तो यो बेला हामी सरकारी स्वामित्व भएको संस्था भएकोले उत्तरदायित्व बढेको पक्कै छ । हामीले राष्ट्रिय कोषमा १ करोड ५० लाख दिएका छौं भने ७ वटै प्रदेशलाई ५/५ लाख गरि ३५ लाख दिएका छौं । सरकारको निर्देशन अनुसार हामी कर्मचारीले आफ्नो तलबबाट पनि दिनुपर्ने देखिन्छ ।

कतिपय हाम्रा शाखाहरुले समाजिक उत्तरदायित्व कोषबाट पैसा खर्च गरि केही खाद्यान्न र औषधी वितरण गरेका छन् । हामी पनि यही समाजका मान्छे हौं । हाम्रो दायित्व यहि समाजमा छ । त्यसकारण यो अप्ठ्यारो असहज र विसम परिस्थितिमा बैंक र बैंकरले राज्यलाई साथ दिनुपर्दछ । अर्को कुरा यो बेला घरबाहिर नजाउ आफू पनि बचौं र अरुलाई पनि बचाउ ।

० सीइओ सर, बैंकहरुको चैत्त महिनाको वित्तिय विवरण आउदैछ । यो कोरोना भाईरसका कारण कस्तो असर पर्ने देख्नु भएको छ ?
भूपेन्द्र जी यो विशम अवस्थामा नाफा र नोक्सानको कुरा हुँदैन । यो बेला जनता बचाउनु । आफू बच्नु मुख्य कुरा हो । बैंकहरुलाई असर पक्कै पर्ने देखिन्छ । तर, नाफा भन्दा मानव जीवन ठूलो कुरा हो नाफा पछि बनाउन सकिन्छ ।

यो बेला कर्जा गएको छैन । डिपोजिट पनि छैन । हामीले एलसी र केही बैंक ग्यारेन्टीका अत्यावश्यक भित्र पर्ने काम मात्रै गरेका छौं । नाफा घाटाको हिसाब पछि गरौंला अहिले बच्नु र बचाउनु नै मुख्य सवाल हो नि ।

० राज्यले बैंकका ग्राहकहरुका लागि केही सहुलियतका प्याकेज ल्याएको छ । यसलाई कसरी लिनु भएको छ ?
यो अहिलेका लागि दिएको राहत प्याकेज हो । अवस्था हेरेर पछि फेरि अरु सुविधाका कुरा ल्याउनु जरुरी छ । यतिले पुग्दैन । कोरोनाको महामारी फैलियो र भयाबह भयो भने अझै सुविधा दिनु पर्दछ । तर, यस्तो नहोस् ।

हामी सबै एकजुट भएर कोरोना बिरुद्ध आ–आफ्नो ठाउँबाट लड्नु जरुरी छ । राज्यले गरेको निर्णयबारे हामीलाई राष्ट्र बैंकले निर्देशन नै दिएको अवस्था छ । यो लागु गर्ने कर्तव्य हामी सबै बैंकरको हो । असार मसान्तसम्म साँवा र ब्याज तिर्ने समय दिएका छौं । यो बीचमा तिरे १० प्रतिशत छुटको व्यवस्था पनि गरिदिएको छ । अप्ठ्यारो अवस्थामा ग्राहकर्लाइ साथ सहयोग हामी बैंक र बैंकरले दिनु हाम्रो दायित्व पनि हो ।

० यो अवस्था आउने त्रास भएपनि हामी संग पूर्व तयारी भने थिए भन्दा फरक नपर्ला । अब यसको पाठ सिक्दै कस्ता तयारी भविष्यमा अपनाउनु पर्ला सीइओ साब ?
हामीले मात्रै होइन बिश्वका शत्तिशाली र सम्पन्न राष्ट्रहरुले समेत पूर्व तयारी गरेका थिएनन् । हामीले त केपो गर्न सक्दछौं । अब यसको पाठ सिक्दै मान्छेको स्वास्थ्य सबै भन्दा ठूलो कुरा रहेछ नि ।

त्यसकारण यस्ता रोगसंग उपचार गर्ने पूर्वाधारको तयारी गर्नु पर्दछ । यसका लागि राज्य हामी बैंकसंगै अगाडी बढ्नु पर्ने देखिन्छ । कोरोना भईरस बिरुद्ध सबै एक भएर मुक्ति पाउनु पर्ने देखिन्छ । त्यसकारण घरबाट सूचना प्रविधिको माध्यामबाटै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हनुहुन्छ । एटिएम एउटा माध्यम मात्रै हो । सबै भन्दा सुरक्षित भनेको घर भित्रैबाट काम गर्नु हो ।

० विश्वव्यापी रुपमा फैलिएको हजारौंको ज्यान लिएको र लाखौं कोरोना बिरुद्ध लडिरहेको बेला विश्व अर्थतन्त्रमा ठूलो क्षती पुगेको समाचार आएका छन् । यसले नेपालको बैंकिङ्ग क्षेत्रमा चाही कस्तो असर गर्ला ?
बैंकिङ्ग प्रणाली देशको अर्थन्त्रको मेरुदण्ड हो । त्यसकारण विश्व बजारको असर त पक्कै हामीमा पर्ने प्रस्टै छ । बैंकिङ्ग प्रणाली मात्रै होइन देशको अर्थतन्त्रलाई नै ठूलो क्षती पुग्ने देखिन्छ । अहिले हाम्रा धेरै व्यवसाय बन्द छन् । पर्यटन ठप्प छ । रेमिटेन्स ठप्प छ । प्रोजेक्ट चलेको छैन, यसले सिधै बैकिङ्ग प्राणालीमा असर पर्ने प्रस्टै छ नि ।

० अन्त्यमा लाखौं ग्राहक र नेपाली जनतालाई केही भन्नुहुन्छ ?
यो अवस्था विश्वव्यापी फैलिएको महामारीबाट बच्ने बेला हो। परिवार र आफ्नो जीवनको स्वास्थ्यबारे सोच्ने बेला हो । त्यसकारण राज्यले दिएको कुरा पालना गरौं ।

आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध लडिरहेका छन् । बिरामी छन् । त्यसकारण सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं ।

अहिलेको पहिलो आवश्यकता भनेको नै जीवनर्लाइ बचाउने र अरुको जीवन प्रति चनाखो हुने नै हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि