• होमपेज
  • वाणिज्य बैंक
  • एन आई एशिया बैंकमा अनलाईन खातामामा नयाँ योजना

एन आई एशिया बैंकमा अनलाईन खातामामा नयाँ योजना

  • शनिबार, चैत्र २२, २०७६
एन आई एशिया बैंकमा अनलाईन खातामामा नयाँ योजना

एन आई सी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ । एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहक महानुभावहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नुहुनेछ । खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहक महानुभावहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नुहुनेछ ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहक महानुभावहरुलाई वार्षिक रु १४००० फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५०० सम्म रकम फिर्ता पाउन सक्नुहुनेछ ।

यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सक्नुहुनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा त्तच् सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि