• होमपेज
  • कलिउड
  • चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक

चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक

  • बिहिबार, चैत्र २०, २०७६

नायक जय किशन बस्नेतले पछिल्लो पटक निर्माण गरेको चलचित्र हिरो नं. १ डिजिटल माध्यम युट्युबमा सार्वजनिक भएको छ । नायक बस्नेतकै लेखन, निर्माण तथा निर्देशन र मुख्य अभिनय रहेको उक्त चलचित्र मोबाइृल भिी च्यानल मार्फत सार्वजनिक भएको हो ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नायक बस्नेतको साथमा एलिना रायमाझी, जाहन्वी बस्नेत, संघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ भने ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, बिनोद सापकोटाको छायाँकन, जय किशन बस्नेत र किशोर थापाको नृत्य, सुदिप पाण्डेको सम्पादन रहेको छ भने जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् ।

कमेडी, एक्सन, थ्रिल तथा सस्पेन्स बिवष वस्तुलाई रोमाञ्चक तरिकाले कथावस्तु बुनेर निर्माण गरिएको यो चलचित्र सिनेमा हलहरुमा पनि सफल प्रदर्शन भएको थियो भने भारत, मलेसिया, सिंगापुर र ईन्डोनेसियामा पनि दर्शकहरुको ब्यापक प्रशंसा पाएको थियो । युरोपका मुलुकहरुमा अत्याधिक माग भएर प्रदर्शनको लागी जाने सब्र प्रकृया पुरा गरेको भएता पनि पछिल्लो समय बिश्व महामारीको रुपमा फैलिएको कोरोना भईरसको कारण उक्त देशहरुमा जान नपाइएको जानकारी नायक तथा निर्देशक जय किशन बस्नेतले दिएका छन् । अहिले भई रहेको लकडाउन अन्त्य हुनासाथ आगामी महत्वकाँक्षी चलचित्र धूम ४ को छायाँकनमा जाने तयारी बस्नेत रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि