• होमपेज
  • कोरोना अपडेट
  • बीमकहरुको रिक्स थेग्न हामी बीमा कम्पनीहरु सक्षम छौं

बीमकहरुको रिक्स थेग्न हामी बीमा कम्पनीहरु सक्षम छौं

बिजय बहादुर शाह, अध्यक्ष (AIRDC), एवं सीइओ नेपाल इन्स्योरेन्स कम्पनी

  • आइतवार, चैत्र १६, २०७६
बीमकहरुको रिक्स थेग्न हामी बीमा कम्पनीहरु सक्षम छौं

नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ एवं नेपाल बीमक संघका पूर्व अध्यक्ष विजय बहादुर शाह चिनाई राख्नुपर्ने नाम होइन । ३ दर्शक देखि बीमा क्षेत्रमा सकृय शाह विकासशील राष्ट्रका बीमा कम्पनीहरुको छाता संस्था Association of Insurance and Reinsurance in development countries (AIRDC) को अध्यक्ष हुनुहुन्छ ।

हाल नेपालकै पुरानो सरकारी बैंक नेपाल बैंकको १५ प्रतिशत शेयर रहेको नेपाल इन्स्योरेन्स कम्पनीको सीइओ हुनुहुन्छ । २ कार्यकाल एनएलजी इन्स्योरेन्स कम्पनीको सीइओ भएका शाह बीमाका विज्ञ हुनुहुन्छ । भारतबाट चाटर्ड एकाउटेण्ट पास गरेका शाहले त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका हुन् ।

विश्वभीर महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यस्तो अवस्थामा पनि नेपालका बीमा कम्पनीहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बीमा कम्पनीहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बीमा कम्पनी खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

बीमा कम्पनीहरु मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । बीमा कम्पनीको कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ ? भनेर जानकारी लिन विकासशील राष्ट्रका बीमा कम्पनीहरुको छाता संगठन Association of Insurance and Reinsurance in development countries (AIRDC) का अध्यक्ष एवं नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ बिजय बहादुर शाहसंग भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० यो विशम परिस्थितिमा नेपालका बीमा कम्पनीहरुको अवस्था चाही कस्तो छ ?
तपाई हामीलाई थाहा नै छ । अहिले विश्व नै कोरोना भाइरसको आक्रमणका कारण त्रसित भएको छ । लाखौं कोरोना कारण भाइरसबाट त्रसित छन् । हजारौंको मृत्यु भएको छ । लाखौं कोरोनाको कारण बिरामी छन् ।

हाम्रो देश नेपाल पूर्णरुपमा लकडाउनको अवस्थामा छ । यो सम्बेदनशील अवस्थामा हामी पनि सम्वेदनशील बन्नै पर्दछ । हामी बीमा कम्पनीहरुले राज्यले गरेको लकडाउनलाई साथ दिदै सामाजिक उत्तरदायित्व मानेर सबै कार्यालय बन्द गरि सूचना प्रविधिको माध्यामबाट डिजिटल बीमा गरेको अवस्था छ ।

डिजिटल बीमा गरेका छौं । बीमाका पोलिसी नबिकरण गर्ने काम भएको छ । टेलिफोनबाट जानकारी दिई रहेका छौं । अर्को महत्वपूर्ण कुरा बीमा समितीबाट चैत्र मसान्तसम्म बीमा प्रिमियमको नबिकरण गरिनु भन्ने निर्देशन आएको छ । हामी पनि यही समाजका मान्छे हौ । हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्नुपर्दछ ।

० विमकहरुलाई कस्ता राहतका प्याकेज ल्याउने तयारी गर्नु भएको छ त ?
हामीले तत्कालै केही निर्णय गरेको अवस्था छैन । देश नै लकडायनको अवस्था रहेकोले महत्वपूर्ण निर्णय गर्न सक्ने अवस्था छैन । देश नै कोरोना भाइरसबाट त्रसित बनेको छ । यो बेलामा हामी सबैले राज्य र त्यसका निकायलाई सहयोग गर्नु पर्दछ । हामी लकडाउनको अन्त्य भएपछि सामाजिक उत्तरदायित्वको कोषबाट केही खर्च गर्नेछौं र समाजलाई केही राहत पक्कै दिनेछौं ।

० कोरोना भाइरस विरुद्ध लड्न राज्यले स्थापना गरेको कोषमा तपाईहरुले के सहयोग गर्नु भएको छ ?
यो नि सहयो गरेका छौं भनेर भन्ने अवस्था छैन । हाम्रो नेपाल बीमक संघ छ । म अन्तर्राष्ट्रिय बीमक कम्पनीहरुको संघ ९ब्क्ष्च्म्ऋ० को पनि अध्यक्ष छु ।

हाम्रो बैठक बस्ने अवस्था छैन, अहिले केही समय पछि केह ीगर्ने सोचमा चाही छौं । केही समाजिक उत्तरदायित्वका सामान र केही सहयोग पक्कै हामी गर्ने छौं । केही कम्पनी र समूहले सिधै सहयोग गरेको अवस्था छ । हामीले सरकारलाई साथ दिने हो । दिनु पर्दछ । हामी राज्यसंगै छौं । हामी यही समाजका मान्छै हो । त्यसकारण केहि न केही पक्कै गर्ने नै हो नि ।

० केही कार्यालय खुलाउनु भएके होला कर्मचारीलाई केही जिम्मेवारी घरबाटै काम गर्न दिनु भएको होला । उनीहरुको स्वास्थ्यको बारे के सोच्नु भएको छ ?
कर्मचारी हाम्रा सम्पत्ती हुन् । सम्पत्तीको रक्षा गर्ने पहिलो दायित्व हाम्रो हो । हामीले प्रस्टै भनेका छौं । पहिलो प्राथमिकता कर्मचारी साथीहरुको सुरक्षा नै हो । त्यसकारण सेनिटाईजर, पञ्जा, माक्सको व्यवस्था गरेका छौं ।

प्रायः बीमा कम्पनीको कर्मचारीहरुले घरबाटै डिजिटल प्रविधिबाट बीमाका सबै काम गर्नु भएको अवस्था छ । केही भवितव्य भयो भने त्यसको फोटो खिच्ने र सूचना लिने काम कर्मचरी फिल्डमै गएर गर्नु पर्ने हुन्छ । सुरक्षा हामीले अपनाउनु पर्दछ । त्यो हामी गर्दछौं । सुरक्षित तरिकाले घरबाटै काम गर्ने अवस्था हामी सबै कम्पनीहरुले मिलाएका छौं ।

० कोरोना भाईरस अहिले विश्वका शक्तिशाली राष्ट्र रोहिरहेका छन् । विश्वको अर्थतन्त्र तहसनहस भएको अवस्था छ । यसले नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ला ?
अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नु भयो अहिले विश्व बजार हल्लीएको छ । अर्थतन्त्र ठप्प छ । शेयर बजार त खरानी जस्तै भएको छ । त्यसकारण यसबाट हामीले पाठ सिक्नै पर्दछ । आईएमएसले भनिसकेको छ । अर्थतन्त्र डाउन भएको छ । यो कोरोना भाईसरले नेपाललाई कति प्रभाव पार्दछ । यो हेर्न त बाँकी नै छ । तरपनि संकेत पक्कै देखा परेका छन् ।

मुलुकमा आउने रेमिटेन्स ठप्प जस्तै देखिन्छ । उद्योग धन्दा कलकारखाना, ब्यापार, बिजनेस सबै काम ठप्प नै छन् । १÷२ महिनामै यो वातावरण साम्य भयो भने त ठीकै होला तर लम्बियो भने नेपालको अर्थतन्त्रलाई ठुलो क्षती पु¥याउने संकेत देखा परेको छ । यस्तो नहोस भनेर हामी भगवानसंग प्रार्थना गरौं ।

० कोरोना भाईरसको महामारी यदि नेपालमा पनि विश्व बजार जस्तै फैलियो भने बीमकहरुको रिक्स बीमा कम्पनीहरुले धान्न सक्ने अवस्था चाही कत्ति छ त ?
अर्को महत्वपूर्ण प्रश्न सोध्नु भयो । यो जीवन बीमा तर्फको कुरा हो । हामी बीमा कम्पनीहरुले यस्तै भवितव्य होला भनेर पुनबीमा गरेका छौं । प्रयास गर्ने हो । यो संकट हटोस । नियन्त्रण होस् भन्ने चाहना मेरो मात्रै होइन तीन करोड नेपालीको छ । त्यसकारण भवितव्य भई हाले थेग्न सक्ने अवस्था हामी बीमा कम्पनीहरुको छ । हामी सक्षम छौं ।

० लकडाउनको अवधी बढाउन सक्ने संकेत देखिन्छ । पूर्व तयारी बीमा कम्पनीहरुको चाही के छ ?
यो संक्रमण संग आज संसारका कुनै पनि देशरुहले पूर्व तयारी गरेको थिएनन् । हामी भन्दा धेरै शक्तिशाली राष्ट्र आज रोहिरहेको अवस्था छ । यसले ठुलो मात्रामा अर्थतन्त्रलाई हानेको देखिन्छ । त्यसकारण हामी नेपालीले पाठ सिक्दै पूर्व तयारी गर्नु पर्ने अवस्था छ । त्यो हामी गर्दछौं । सरकारले पनि पूर्व तयारीका साथ कार्यक्रम सार्वजनिक गर्नु जरुरी छ ।

लामो समय नै लकडाउन लम्बिने भयो भने मजदूरहरुलाई राज्यले तत्कालै प्याकेजका कार्यक्रम ल्याउन जरुरी छ । यसमा हाम्रो साथ र सहयोग रहने छ । हामी राज्यलाई सहयोग गर्न तयार छौं ।

० कोरोना भाइरसले बीमाको आवश्यकता बढेको देखिन्छ । यसलाई चाही कसरी लिनु भएको छ ?
बीमा आवश्यकता हो । यो प्रस्टै छ । यसमा जनचेतनाको कमी छ । भन्ने कुरा पहिलो कुरा हो । यस्तो अप्ठ्यारो परेको बेला सहयोग र साथ बीमाले नै दिने हो । अव यसलाई घचघचाउने बेला चाही पक्कै आएको देखिन्छ । महामारीबाट कसरी बच्ने यसबारेमा हामी सबै सचेत यो बेला बन्नु पर्दछ । बीमा त एउटा माध्याम मात्रै हो । जीवन ठूलो कुरा हो ।

० बीमा पोलीसी पहिलो केही महिनादेखि घटेको थियो । अहिले ठप्प भएकै हो त ?
तपाईले सहि भन्नु भयो पहिलादेखि घटेको थियो । अहिले कोरोना भाइरसको कारण जनता त्रसित जस्तै छन् । घरबाट बाहिर जाने अवस्था छैन जानु पनि हुँदैन । त्यसकारण बीमा बजार पनि ठप्प जस्तै छ । केही सूचना प्रविधीबाट डिजिटल बीमा रिनो गर्ने कामहरु बाहेक अरु ठप्प देखिन्छ ।

० अन्त्यमा के भन्नु हुन्छ ?
यो सम्वेदनशिल घडीमा धैर्य गरेर घरमै बसौ, घरबाट बाहिर पटक्कै नजाउँ । माक्स, सेनिटाईजर जस्ता बस्तु प्रयोग गरौं । सोसल डिस्टेन्स कायम गरौं, जीवन रहे सबै कुरा रहने हो । जीवन नरहे केही रहदैन । त्यसकारण आफू सचेत बनौं स्वास्थ रहैं । परिवारसंग दिन विताऔं । सफा सुगरमा जोड दिऔं । आनन्दले घरमै दिन विताउ भन्न चाहान्छु ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि