• होमपेज
  • कलिउड
  • यस्तो बन्यो ‘धुलो’ को ट्रेलर

यस्तो बन्यो ‘धुलो’ को ट्रेलर

  • बुधबार, फाल्गुन ७, २०७६

‘धुलो’ फिल्मको ट्रेलर राजधानीमा मंगलबार आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म १६ फागुनमा प्रदर्शन हुदैछ ।

राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनीक नभइ यथार्थ जीवनका कथामा बुनीएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।

निर्माता संघका अध्यक्ष अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउदै फिल्म राम्रो बिषयबस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा बिश्वस्त रहेको सुनाए । उनले यो फिल्मले कलात्मक पाटोलाई सजिव ढंगले प्रस्तुत गरेकाले सबैलाई एकपट हेर्न अनुरोध गरे । कार्यक्रममा चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, ‘धुलो’का गीतकार केशब मिश्र, गायक युवराज चौलागाई,प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि