• होमपेज
  • समाचार
  • बिग मर्जर पछि बिदेशमा शाखा खोल्ने नेपाली ब्यांकको योजना

बिग मर्जर पछि बिदेशमा शाखा खोल्ने नेपाली ब्यांकको योजना

  • सोमवार, मंसिर २३, २०७६
बिग मर्जर पछि बिदेशमा शाखा खोल्ने नेपाली ब्यांकको योजना

सिड्नी . नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ ब्यांकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो ब्यांक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।

उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलाबिध्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत , मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो ब्याङ्क को अस्ट्रेलिया मा शाखा खोल्ने तयारि सुरु भएको पनि बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्दा पनि सुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको उनले बताए ।

आफ्नो समुह ले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तरास्ट्रिय समितिका उपाध्यक्ष मन के सी ले आफ्नो सस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी सुरु हुने बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्माबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगाएत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघअस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई बिस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन ब्यबशायि तथा गैर आवाशीय नेपाली अगुवा हरु उपस्थित थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि