• होमपेज
  • समाचार
  • अपाङ्गता भएका विद्यार्थीको सहारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था

अपाङ्गता भएका विद्यार्थीको सहारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था

  • बुधबार, मंसिर १८, २०७६
अपाङ्गता भएका विद्यार्थीको सहारा बन्दै सुन्दरहरैंचाका सङ्घ संस्था

‘दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै क्रममा बुधबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री साथै खाद्यान वितरण गरिएको छ ।

बुधबार आशा नेपाल, सामाजिक सेवाका लागि युवा अभियान नेपाल, र मानव अधिकार संरक्षण मञ्च नेपालले वडा नम्बर ७ मा रहेको साजीलाल आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सो विद्यालयमा अपाङ्गता भएका १७ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा भएका विद्यार्थीलाई कपी, पेन्सिल, अपाङ्गता भएका व्यक्तिलाई पढ्न र बुझ्न सजिलो हुने ब्लक, वितरण गरिएको हो । विद्यालयको लागि एउटा दराज पनि दिइएको थियो ।

यस्तै विद्यालयम नै दिवा खाजाको व्यवस्था खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अमिष ढकाल रहेका थिए । ढकालले अपाङ्गता भएको व्यक्तिको आँखामा देश निर्माण गर्ने बौद्धिकता भएकाले यस्ता व्यक्तिको संरक्षण तथा दायित्व राज्यको भए पनि सामाजिक संस्थाले गर्नु अत्यन्तै उदाहरणीय र प्रशंसनीय कार्य भएको बताए ।

यस्तै, विशिष्ट अतिथि, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चैतन्य सिटौलाले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमका अतिथि लायन्स क्लब अफ सुन्दरदुलारीका अध्यक्ष नागेश पोख्रेलले आफ्नो तर्फबाट विगतमा सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष भीमा खतिवडाले सुन्दरहरैंचा नगरपालिकामा अपाङ्गता भएका बालबालिका ४० जनाभन्दा बढी रहेका तर उनीहरुलाई सहज तरिकाले विद्यालयसम्म ल्याउने यातायातको व्यवस्था नभएको बताइन् ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष जीवन ढुङ्गाना, वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, साना किसान कृषि सहकारी संस्थाका सुन्दरपुरका अध्यक्ष रवीन्द्र आचार्य, जुनियर जेसीजका अध्यक्ष उत्सव थापा, अपाङ्गता नगर समन्वय समितिकी सचिव मीना आचार्य लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका अध्यक्षता आशा नेपालका कार्यवाहक अध्यक्ष अनुरोध शाहले गरेका थिए । कार्यक्रममा शाहले शिशुको जन्मपछि शिक्षा, स्वास्थ्य र बाँच्ने नैसर्गिक अधिकार भए तापनि राज्यबाट उपेक्षित भएकाले सामाजिक संस्थाहरुले पहिचान गरी सहयोग गरेको र राज्यले उचित सम्बोधन गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य मानव अधिकार संरक्षण मञ्च नेपालका अध्यक्ष टेकराज तिम्सिनाले गरेका थिए । कार्यक्रमको व्यवस्थापन निष्पक्ष खबर अनलाइनले गरेको थियो । कार्यक्रम सञ्चालन सामाजिक सेवाका लागि युवा अभियान नेपालका अध्यक्ष ज्ञाननाथ ढकालले गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि