• होमपेज
  • मनोरञ्जन
  • नेपालआईस मिस पुर्वाञ्चलको दसौ  संस्करणमा २१ जना  अन्तिम प्रतिस्प्रधी

नेपालआईस मिस पुर्वाञ्चलको दसौ  संस्करणमा २१ जना  अन्तिम प्रतिस्प्रधी

  • बुधबार, मंसिर १८, २०७६
नेपालआईस मिस पुर्वाञ्चलको दसौ  संस्करणमा २१ जना  अन्तिम प्रतिस्प्रधी

पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन्  ।

अनलाइन फर्म , धरान , इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी  र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको  रुपमा छनोट गरिएको हो  ।

धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशि बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु , रतुवामाई  – इटहराबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट सुदिक्षा बिस्वकर्मा , निशा धिताल ,अस्मिता लिम्बु ,  वर्षा श्रेष्ठ ,  प्रिजनी नेपाल .खोटांगबाट एन्जल राई , पथरीबाट रिजु भट्टराई , रेजिना राई ,र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन्   । प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ बिजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे २०१९ र  ,एन्जल राई मिस राई २०१९ कि बिजेता हुन  ।त्यस्तै अन्य सहभागीहरु पनि मिस एसईई , मिस धनकुटा, मिस पथरी सनिस्चरेमा भाग लिएका र बिभिन्न टाइटल जितेकाहरु छन्  ।

कोरियोग्राफर तथा ट्रेनर र भर्खरै मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि बिजेता बनेकी प्रियारानी लामाले प्रतियोगीहरुलाई फिनालेको लागि सम्पूर्ण ट्रेनिग दिनेछिन।

प्रतियोगिहरुलाई इपिएस , व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन,  बराह ग्रुपको प्रस्तुति , ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको को सह -प्रायोजनमा  तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९ को अन्तिम  प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९  को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको  छात्रवृत्ति  दिईने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद  र पचास  हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन , मिस बेस्टवाक  लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र  हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी  सविना सुब्बा, २०११ मा सुनसरीकी  प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि  नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी  कृतिका   गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले  जितेकी थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि