• होमपेज
  • कर्पोरेट
  • युनियनपेको सहकार्यमा एनआईबिएल युनियनपे कार्ड प्रारम्भ

युनियनपेको सहकार्यमा एनआईबिएल युनियनपे कार्ड प्रारम्भ

  • मङ्लबार, कार्तिक १९, २०७६
युनियनपेको सहकार्यमा एनआईबिएल युनियनपे कार्ड प्रारम्भ

नेपाल इन्भेष्टमेण्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लि.का अध्यक्ष श्री चाय जियाङबो बीच एनआईबिएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ ।

नेपाल इन्भेष्टमण्ट बैंकले आफ्ना चाईना भ्रमणमा जाने ग्राहकहरु र चाईनाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंकले अहिले युनियनपे डेविट,क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोड मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको जानकारी गराएको छ ।

नेपाल इन्भेष्टमेण्ट युनियनपे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिनेछ भने सेवा प्रयोग, सामान खरिद, होटेल, रेष्टुरेण्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिनेछ ।

यस अवसरमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेले नेपाल सरकारद्धारा आयोजित नेपाल भ्रमण वर्ष २०२० लाई पनि लक्षित गरी एनआईबिएल युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लि.ले सहकार्य प्रारम्भ गर्न लागिएको जानकारी गराउँनुभयो ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा चाईनाबाट १५३,६३३ चाईनिज पर्यटक नेपाल आएका थिए भने नेपाल भ्रमण वर्ष २०२० मा ३००,००० चाईनिज पर्यटक नेपाल आउने अपेक्षा राखिएको छ ।

युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लि.को प्रधान कार्यालय चाईनाको सांघाई स्थित २०१२ मा स्थापित भएको थियो भने हाल यस कम्पनीले विश्वको १७७ देशमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि