• होमपेज
  • मनोरञ्जन
  • भ्वाइस अफ नेपालको ‘लाईभ राउन्ड’मा पुगे बलबहादुर,

भ्वाइस अफ नेपालको ‘लाईभ राउन्ड’मा पुगे बलबहादुर,

  • मङ्लबार, कार्तिक १९, २०७६
भ्वाइस अफ नेपालको ‘लाईभ राउन्ड’मा पुगे बलबहादुर,

विश्व टेलिभिजन ईतिहासको सबै भन्दा प्रतिष्ठित र ठूलो गायन प्रतियोगी “भ्वाइस” को नेपाली सस्करण “द भ्वाइस अफ नेपाल” को दोस्रो श्रृङखला यतिबेला टेलिभिजनमा प्रसारण भैरहेको छ । शृङ्खलाले “ब्लाईण्ड अडिसन”, “ब्याटल राउन्ड” र यसपटक देखि थपिएको “नकआउट राउन्ड” सम्पन्न भैसकेको छ । यस्तैमा कोच प्रमोदको टिममा रहेका झापाका बल बहादुर राजबन्शी पनि नकआउट राउन्ड पार गरेर लाईभ राउन्डमा पुगेका छन् ।

नेपाली संगीत आकाशको गायन बिधामा अन्तरास्ट्रिय फ्रेन्चाईज शो भित्रीएपछि राजबन्शी जस्तै देशभरबाट हजारौ द भ्वाइस अफ नेपालमा सहभागी भएका थिए । जस्लाई जर्जहरुको मूल्याकंनले भ्वाइसलाई अनुपयुक्त बाहिरिए भने उपयुक्तहरु यतिबेला लाईभ राउन्डमा प्रवेश गरेका छन् । जसमध्येका एक खरो प्रतिष्पर्धी हुन् बल बहादुर राजबन्शी । उनले नकआउट राउन्डमा टिम प्रमोदकै साईकिरण र बिशाल संग प्रतिष्पर्धा गरेका थिए ।

उनले सो राउन्डमा स्व. नारायण गोपालको “गल्ती हजार हुन्छ” बोलको गीत गाएका थिए । बलले गीत गाईसकेपछी कोच राजुले पनि आफुलाई मन पर्ने गीत राम्रो संग गाईदिनु भयो भन्दै बल नै लाईभ राउन्डमा जानू पर्ने राय ब्यक्त गरेका थिए । यस्तै कोच दिपले पनि गीत तारिफ र बलको गायनमा केही टिप्स दिदै बललाई नै अगाडि लाग्नु पर्ने राय ब्यक्त गरे । प्रमोदले बल बहादुरको खुलेरै तारिफ गर्दै उनलाई लाईभ राउन्डका लागि छनौट गरेका हुन् ।

अब यो संगै उनी भोटका लागि पनि योग्य ठहरिएका छन् । तर उनलाई भोट गर्नलाई भने लाईभ राउन्ड पर्खनै पर्ने हुन्छ । गायन बिधामै बिगत लामो समयबाटै लागिपरेका राजबन्सी भ्वाइस अफ नेपालमा पुगेपछि उनको गायन कलाको उचाईले राम्रो स्थान चुमिरहेको छ । यसैले पनि द भ्वाईस अफ नेपालमा उनलाई बिजेताको लागि एक प्रमुख दाबेदारीको रुपमा हेर्न सकिन्छ ।

हरेक राउन्डमा कोचहरुको नजारमा परिरहेका बलबहादुर अबको राउन्ड देखि आम नेपाली संगीतप्रेमी दर्शकहरूको नजरमा पनि सजिलै पर्छन् भन्ने कुरामा दुईमत छैन । अर्थात उनको पक्षमा भोटको कमि हुने छैन । राजबन्शीले ब्लाईण्ड अडिसनमा भ्वाइसका कोचको रुपमै रहेका दिप श्रेष्ठको “हु यात्री” गाएका थिए । सो गीत गाउदा २ जना कोच प्रमोद र दिप फर्किएका थिए । कोच प्रमोद खरेलको जस्तै कपाल भएका कारण पनि बल गत एपिसोड देखि चर्चामा छन् । निरन्तर सफलता पाईरहेका राजबन्सीले ब्याटल राउन्डमा आफ्नो अर्का प्रतिष्पर्धी जमिर अलि संग द भ्वाइस अफ नेपालको मंचमा साङितिक भिडन्त परेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि