• होमपेज
  • अटो
  • सातै प्रदेशमा ‘सप्तरङ्ग २’

सातै प्रदेशमा ‘सप्तरङ्ग २’

  • मङ्लबार, कार्तिक १९, २०७६
सातै प्रदेशमा ‘सप्तरङ्ग २’

सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत यस कार्यक्रमले टेवा पुर्याउने बताए । ‘राष्ट्रियताको कुनै मुल्य हुदैन भन्ने’ सोचका साथ् कार्यक्रमलाई निशुल्क गरिएको समेत उनले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।

दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजित कार्यक्रममा जानकारी गराइयो ।
पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने समेत जनाइयो ।
कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कार्तिक २० गते विर्तामोडबाट सुरु हुनेछ । विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज , २४ गते चितवन , २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । गत बिक्रम संवत २०७० सालमा ‘ढकाल सुमधुर साँझ’ गरेर इभेन्टमा पाइला टेकेको गृष्मा ब्रोर्डकास्टिङले त्यसपछि भ्यालेन्टाइन नाइट , साकुरा नाइट , शुभयात्रा साँझ लगायतका कार्यक्रम गरिसकेको छ ।
राजधानीमा आयोजित कार्यक्रममा राजेश हमाल , सुगम पोखरेल , जीतु नेपाल , प्रकाश सपुत र रवि ओडको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन प्रदेश प्रमुखले गर्ने समेत उक्त अवसरमा जानकारी गराइयो । ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रुपमा नरेश भट्टराई , विवेक खतिवडा र पूजन थापा रहेका छन् । कार्यक्रमलाई टिभीएस अपाचे मोटरसाइकलले टाइटल स्पोन्सर गरेको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि