• होमपेज
  • शेयर मार्केट
  • सनराइज बैंकद्वारा ३ अर्ब रकम बराबरको ऋणपत्र जारी

सनराइज बैंकद्वारा ३ अर्ब रकम बराबरको ऋणपत्र जारी

  • मङ्लबार, कार्तिक १९, २०७६
सनराइज बैंकद्वारा ३ अर्ब रकम बराबरको ऋणपत्र जारी

सन्राइज बैंक लिमिटेडको रु.१,००० अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०।२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गर्नेगरी रु.३ अर्ब रकम बराबरको ऋणपत्र मिती २०७६÷७÷२० गते देखि निष्काशन गरिदै छ । निष्काशन चाडोंमा २०७६/७/२४ गते र ढिलोमा २०७६/८/१९ गते सम्म खुल्ला रहनेछ । रु.३ अर्ब मध्ये १२,००,००० कित्ता बराबरको रु.१,२०,००,००,००० (अक्षरुपी एक अर्ब बीस करोड रुपैँया मात्र) को ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्नको लागि तथा १८,००,००० कित्ता बराबरको रु.१,८०,००,००,००० (अक्षरुपी एक अर्ब अस्सी करोड रुपैँया मात्र) ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरिेएको छ ।

सिद्घार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बंैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । Care Rating Nepal Limited ले न्युन कर्जा जोखिम “CARE NP  A-” रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३,००,००० कित्ताको लागी आबेदन गर्न पाउनेछन् तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जनाएको छ ।

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई रु ८ अर्ब १५ करोड चुक्ता पूजी रहेकोमा बैंकको १२ औं साधारण सभाबाट १०% बोनस शेयर पारित भइ सकेकाले हाल चुक्ता पूजी रु. ८,९६७, ८११,४३८ कायम भएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि