• होमपेज
  • समाचार
  • सांग्रिला डेभलपमेन्ट बैंकमा ऋण अपचलन

सांग्रिला डेभलपमेन्ट बैंकमा ऋण अपचलन

राष्ट्र बैंकले दियो कडा चेतावनी

  • सोमवार, कार्तिक १८, २०७६
सांग्रिला डेभलपमेन्ट बैंकमा ऋण अपचलन

सांग्रिला डेभलपमेन्ट बैंकले कम मूल्यको जग्गालाई बढी मूल्यांकन गरेर ऋण प्रवाह गरेको पाइएको छ । रियल स्टेट कर्जा दिँदा मूल्याकंनभन्दा बढी ऋण प्रवाह गरेपछि बैंक समस्यामा पर्दै गएको हो ।  राष्ट्र बैंकले अनुगमन गर्दा उक्त बैंकले रियल स्टेट कर्जा प्रवाह लापबाही गरिकाले त्यसरी गरिएको ऋण लगानी सुधार नगरे कारबाही गर्नेसम्मको चेतावनी दिएको छ ।

बैंकले भने जग्गा कारोबारमा मन्दी आएकाले यस्तो हुन आएको भन्दै राष्ट्र बैंकलाई स्पष्टिकरण दिएको छ । राष्ट्र बैंकमा बुझाएको स्पष्टिकरणमा लेखिएको छ–‘रियल स्टेट व्यापारमा मन्दी आएका कारण बैंकले धितोको मूल्यांकन गर्दाको बखत गरिने मूल्यांकनमा असर परेको हो ।’

कमसल खालको जग्गामा बढी मूल्य राखेर ऋण प्रवाह गरेको देखेपछि राष्ट्र बैंकले सचेत हुन अल्टिमेटम दिएको हो । सञ्चालक समितिका अध्यक्ष अच्युतप्रसाद प्रसाईं तथा सञ्चालक समितिका सदस्यहरु सुशीलकाजी बानियाँ, गंगासागर ढकाल, रवीना शेरचन र राजुनाथ ढकालको दबाबमा परेर बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले त्यस्तो कमसल खालको ऋण जग्गामा प्रवाह गरेको खुल्न आएको छ । तर, उक्त बैंकले कुन–कुन जग्गामा त्यस्तो ऋण प्रवाह गरेका छ भन्ने बारेमा भने केन्द्रीय बैंक उच्च स्रोतले बताउन चाहेन । सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि यस्तै कार्य गर्दै आएको छ ।

यसअघि पनि सञ्चालक समितिमा नै रहेका व्यक्तिले आफ्ना नातेदारको नामबाट ऋण लिने र त्यस्तो ऋण कम ब्याजमा आफंै चलाउन थालेपछि बैंकमा सुशासनको अभाव देखिएको थियो । त्यसबेला पनि राष्ट्र बैंकले संग्रिला डेभलपमेन्ट बैंकलाई सुशासन कायम गर्न निर्देशन दिएको थियो । कानुनविपरीत बैंकका सञ्चालकहरुले घुमाउरो पारामा कम ब्याजदरमा शेयर धितोमा ऋण लिएको देखिएपछि राष्ट्र बैंकले उक्त बैंकलाई सो निर्देशन दिएको थियो ।

सञ्चालक समितिमा रहेका व्यक्तिले आफ्नो, श्रीमती, छोराछोरी वा नातेदारको नामबाट कुनै पनि तरिकाले आफ्नो बैंकबाट ऋण लिन पाउँदैनन् । तर, सांग्रिला बैंकका सञ्चालकहरुले मिलेमतोमा त्यसरी ऋण लिएको पाइएको थियो । सांग्रिला बैंकमा संस्थागत सुशासनको धेरै मुद्दा भेटिएको राष्ट्र बैंकका अधिकारी बताउँछन् । शुरुदेखि नै बैंक सञ्चालक समितिले व्यवस्थापनमा हस्तक्षेप गरेकै कारण सुशासन बिग्रएको उनीहरूको ठहर छ  ।

केन्द्रीय बैंक उक्त बैंक व्यवस्थापन र सञ्चालक समितिप्रति रुष्ट हुँदै आएको छ । ‘सांग्रिला बैंकमा पछिल्लो समय सुशासनका नयाँ घटना बढी देखिन थालेका छन्,’ स्रोतले भन्यो–‘यो समस्या बढ्दो क्रममा छ  । ती समस्या निराकरणका लागि प्रभावकारी कदम नचालिए ठूलो समस्या नआउला भन्न सकिँदैन ।’

रियल स्टेटमा कमसल खालको धितोलाई बढी मूल्यांकन गरी ऋण प्रवाह, आफ्नै नातेदार वा परिवारजनका सदस्य र स्वार्थ बाझिने गरी कारोबार गर्दा संस्थागत सुशासन उल्लंघन हुने राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए ।  राष्ट्र बैंक ऐन, बाफिया, कम्पनी ऐन र राष्ट्र बैंकको निर्देशनमा उल्लिखित व्यवस्था पालना नगरेकाले सांग्रिला डेभलपमेन्ट बैंकमा समस्या आउन थालेक हो  । ‘सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासन मान्न नचाहने प्रवृत्ति धेरै छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।  बैंक सञ्चालकको उच्च राजनीतिक तहसम्म उनीहरुको पहुँच रहेको र उच्च तहका राजनीतिज्ञबाट उनीहरूलाई संरक्षण रहेकै कारण सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासन बिग्रँदै गएको राष्ट्र बैंकका कर्मचारीहरु बताउँछन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि