• होमपेज
  • शेयर मार्केट
  • नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

  • सोमवार, कार्तिक १८, २०७६
नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट बैंकले २९ हजार ३८० कित्ता संस्थापक शेयर लिलाम बिक्रीको लागि आह्वान गरेको छ।

बैंकले कात्तिक २१ गतेदेखि २८ गतेसम्म बोलकबोल लिलाम खुला गरेको हो। न्युनतम २ सय ७५ रुपैयाँबाट बोलकबोल सुरु हुने बैंकले जनाएको छ।

शेयर खरिदको लागि न्युनतम तीन हजार कित्ताको लागि आवेदन दिन सकिनेछ। अधिकतमका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमा ननाघ्ने हुनु पर्छ। खरिदकर्ताले आवदेन बराबरकै रकम पूर्ण भुक्तानी गर्नुपर्नेछ।

संस्थापक शेयरधनीहरुको लागि ‘फिट एड प्रपर टेस्ट’ का लागि आवस्यक काजगपत्र प्रस्तुत गर्नु पर्नेछ। जसमा कालोसूचीमा समावेश नभएको प्रमाणित कागजात, आय स्रोत खुल्ने काजपत्र, कर चुक्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ।

तोकिएको समयभित्र एनआइविएल एस क्यापिटल लाजिम्पाटमा आवेदन दिन सकिने बैंकले जनाएको छ।

हाल दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य ४१२ रुपैयाँ छ। सर्वसाधारण शेयरको भने बजार मूल्य ४४२ रुपैयाँ छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छैन।

बैंकले हरेक वर्ष ३० प्रतिशतभन्दा माथि लाभांश दिँदै आएको छ। गत वर्ष पनि १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश दिएको थियो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि