• होमपेज
  • वाणिज्य बैंक
  • जनता र ग्लोबल आइएमई बैंकको कर्मचारी व्यबस्थापन जटिल बन्दै

जनता र ग्लोबल आइएमई बैंकको कर्मचारी व्यबस्थापन जटिल बन्दै

  • शुक्रबार, कार्तिक ८, २०७६
जनता र ग्लोबल आइएमई बैंकको कर्मचारी व्यबस्थापन जटिल बन्दै

जतना बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जका विषयमा पुन आज सम्झौता हुँदै छ । गत असार २० गते ग्लोबल आइएमई र जनता बैंक बीच मर्जरमा जाने लिखित सहमति भएको थियो ।  दुबै बैंकका अध्यक्षले मर्जरमा जाने विषयमा हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशब बहादुर रायमाझीले सहमति पत्रमा हस्ताक्षर थिए ।
आज विहान जनता बैंकको सञ्चालक समितिले पुन कर्मचारी व्यबस्थापनका विषयमा प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले असन्तुष्टी व्याख्त गरेपछि पुन सम्झौता गर्ने निर्णय भएको बैंक स्रोतले बताएको छ ।

चार महिनामा मर्ज प्रक्रिया सम्पन्न गर्ने भनि सहमति भएपनि अहिले  जनता बैंकको व्यबस्थापनले कर्मचारी समायोजनको विषयलाई लिएर असन्तुष्ट देखिएको छ । आज विहान भएको बैंठकमा जनता बैंकको सञ्चालक समितिले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई वाइपास गरेर बैंठक बसि फेरि ग्लोबल आइएमई बैंकसँग अर्को सम्झौता गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
सम्पत्ति तथा दायित्व मूल्यांकनपछि शेयर आदान प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ ।

मर्जर कमिटीको संयोजकमा ग्लोबल आइएमइ बैंकका निर्देशक छन् भने सहसंयोजकमा जनता बैंकका निर्देशक छन् । तर, मर्जर कमिटिले हालसम्म पनि मर्जका लागि उपुक्त मोडल तयार पारिसकेको छैन ।

मर्जमा जादाँ कर्मचारी व्यबस्थपन गर्न कठिन देखिएको छ । जनता बैंक स्रोतका अनुसार जनता बैंकको व्यबस्थापनले कर्मचारीको सेवा सुविधा जनता बैंकको नै कायम हुनुपर्ने अडान राख्दैआएको छ । तर ग्लोबल आइएमई बैंकले भने मर्जमा गइसकेपछि कर्मचारीहरुको सेवा सुविधाका बारेमा नयाँ नीति बनाउनु पर्र्ने अडान राखेका छन् ।

संयुक्त कमिटीले मर्जरको बाँकी काम टुङग्याउने छ। कमिटीले दुबै बैंकको मूल्यङकन गरेर निर्णयमा पुग्ने जिम्मेवारी सयुक्त मर्जर कमिटीलाई दिएको थिया ।  जनता बैंकमा यसभन्दा  पहिला नै मर्जबाट आएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु असन्तुष्ट नै छन् । थप नयाँ बैंकसँग  मर्ज हुँदा आफ्नो जारी नै धरापमा पर्नेभन्दै जनता बैंकका धेरै कर्मचारीहरुले जागिर नै छोड्न थालेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि