• होमपेज
  • अर्थ/वाणिज्य
  • सरकारी ढुकुटीमा १७५ अर्ब थन्कियो

सरकारी ढुकुटीमा १७५ अर्ब थन्कियो

  • शुक्रबार, कार्तिक ८, २०७६
सरकारी ढुकुटीमा १७५ अर्ब थन्कियो

ऋण दिने पैसा जति सरकारी ढुकुटीमा थन्किएपछि बैंकहरु भने ऋण दिने पैसा नभएर फिटफिट परेका छन् । सरकारले पुँजीगत खर्च गर्न नसक्दा गत भदौसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७५ अर्ब  ८७ करोड (स्थानीय खातामा रहेको ३६ अर्ब ३६ करोड समेत) थन्किएको छ । आर्थिक वर्षको शुरुमा पुँजीगत खर्च बढ्न नसक्दा यो यति धेरै रकम ढुकुटीमा जम्मा भएको हो । विगतका वर्षमा पनि आर्थिक वर्षको शुरुमा पुँजीगत खर्च हुन सकेको थिएन् । तर, यसपटक झनै कम खर्च हुँदा ठूलो रकम ढुकुटीमा जम्मा हुन पुगेको हो ।

सरकारी ढुकुटी रहेको पैसा खर्च हुन नसक्दा बैंकमा लगानीयोग्य रकम अभाव भएको नेपाल बैंकर्स संघका पूवअध्यक्ष अनिलकेशरी शाहको भनाइ छ । गाउँमा दिने वित्तीय साक्षरता अब सिंहदरबारतिर पनि दिनुपर्ने अवस्था आएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शाहले बताए ।

पैसा जति सबै सिंहदरबारको घ्याम्पोमा बसेपछि सरकारले राखेको ८ प्रतिशतको वृद्धि सम्भव नहुने बैंकरहरुको भनाइ छ । अहिले ऋण दिने रकमको अभाव बैंकहरुलाई छ । तर, सरकारी ढुकुटीमा रकम थन्किएर बसेको छ । अहिले तरलताको अभाव समाधान निकाल्ने भनेको बैंकरले ऋण कम दिएर हो । ऋण कम दिँदा सरकारको आर्थिक वृद्धि लक्ष्य पूरा हुन नसक्ने उनीहरुको भनाइ छ ।

१०० रुपैयाँको निक्षेप संकलन हुँदा बैंकहरुले ८० रुपैयाँ लगानी गर्ने हो । बैंकले २० रुपैयाँ लगानी गर्न पाउँदैन् । त्यो २० रुपैयाँ सुरक्षणका लागि राष्ट्र बैंकमा राख्नुपर्छ । ऋण नदिँदा तरलता अभाव त समाधान होला । तर, देशको समस्या समाधान नहुने बैंकरको भनाइ छ । ऋण लगानी नगर्दा ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुँदैन । अहिलेको समस्या समाधान गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्न सबै संयमित हुनुपर्छ र सरकारले पनि खर्च गर्नु उनीहरुको तर्क छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार, वाणिज्य बैंकले कार्तिक १ गतेसम्म २९ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेका छन् भने सोही अवधिसम्म २६ खर्ब २६ अर्ब लगानी गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि