• होमपेज
  • कर्पोरेट
  • सनराइज बैंकद्वारा प्रभातफेरी

सनराइज बैंकद्वारा प्रभातफेरी

  • आइतवार, कार्तिक ३, २०७६
सनराइज बैंकद्वारा प्रभातफेरी

सनराइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । ‘समृद्घ नेपालको सहयात्रामा सनराइज बैंक ‘हामी सँगसँगै’भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

सो प्रभातफेरी कार्यक्रम केन्द्रीय कार्यालय गैरीधाराबाट शुरु भइ नक्साल भगवती, कमलपोखरी, कमलादी गणेश मन्दिर,  रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुँदै पुनः गैरीधारामा आएर समापन भएको थियो ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु दीपक नेपाल र  शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायत  करिब ५०० कर्मचारीको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार