• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंकद्धारा कर्जा लगानी गर्ने सम्झौता

कृषि विकास बैंकद्धारा कर्जा लगानी गर्ने सम्झौता

  • आइतवार, कार्तिक ३, २०७६
कृषि विकास बैंकद्धारा कर्जा लगानी गर्ने सम्झौता

कृषि विकास बैंक,ग्रामीण प्रविधि केन्द्र र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ विच ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुको आयस्तर वृद्धिका लागि मझौला तथा साना परियोजना÷व्यवसायमा कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल कुमार उपाध्याय, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठ र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष  नारायण ज्ञवालीले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर  गरेका थिए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले यस प्रकारको सम्झौताले दुरदराजमा रहेका साना तथा मझौला व्यवसाय गर्ने महिलाको आयस्तर वृद्धि भई निजहरुको शसक्तीकरण हुने बताए । ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका साना÷मझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठुलो सहयोग पुग्ने बताए ।

सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष  नारायण ज्ञवालीले यस सम्झौताले महिला उत्थानमा जिम्मेवारी, इमान्दारी, समझदारी, पारदर्शी र दुरदर्शिताका साथ काम गर्न प्रेरणा मिलेको बताएका थिए ।  ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले महिला उत्थानका लागि गरिएकोे यस प्रकारको कार्यक्रम भविष्यमा विस्तार गर्दै लगिने जानकारी दिए ।

यस कर्जाको कार्यान्वयन पक्ष हेर्ने बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले चितवन, धादिङ्ग, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा प्रबद्र्धन गरेको छ ।

ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुलाई कृषि, पशु, महिला उद्यमशीलता तथा अन्य लघुउद्यममा धितो वा परियोजनामा आधारित रहेर बैंकले कर्जा उपलब्ध गराउनेछ ।  थापाका अनुसार कर्जाका अतिरिक्त  बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालिम, वाली तथा पशु सुरक्षण सम्बन्धी अन्तर्कृया, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम समेत संचालन गर्नेछ ।

सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु  प्रताप सुबेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुबचन्द्र गौतम, परामर्शदाता  घुरन ठाकुर, विभागीय प्रमुखहरु बाशु अधिकारी, विना शर्मा तथा विभागका शा.प्र.  प्रेम खनाल तथा सि.ए.  कृष्ण निरौलाको उपस्थिति रहेको थियो । ग्रामीण प्रविधि केन्द्रका तर्फबाट डा. पुरुषोत्तम श्रेष्ठ, आस्मा पाख्रिन, पवन कुमार सिंह तथा नासियुएनका तर्फबाट अध्यक्ष  नारायण ज्ञवाली र महासचिव  रामकृष्ण हुमागाईको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि