• होमपेज
  • शेयर मार्केट
  • बैंक अफ काठमाण्डूले नगद लाभांश बैंक खातामा जम्मा गरिदिने

बैंक अफ काठमाण्डूले नगद लाभांश बैंक खातामा जम्मा गरिदिने

  • आइतबार, कार्तिक ३, २०७६
बैंक अफ काठमाण्डूले नगद लाभांश बैंक खातामा जम्मा गरिदिने

बैंक अफ काठमाण्डूले ११ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ । शेयरधनीले हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा बैंकले उक्त नगद लाभांश जम्मा गर्ने भएको हो ।

बैंकको असोज ३० मा सम्पन्न २५औं साधारण सभाले उक्त नगद लाभांश पारित गरेको थियो । कम्पनीको साधारण सभा प्रयोजनका लागि तोकेको बुक क्लोजको अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन ।

Facebook Comments

सम्बन्धित समाचार