• होमपेज
  • ब्रेक्इङ न्युज
  • यस्तो भयो भीआईपीको वडा दशैं

यस्तो भयो भीआईपीको वडा दशैं

  • बुधबार, अशोज २२, २०७६
यस्तो भयो भीआईपीको वडा दशैं

नेपालीहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदैछ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसारको समयमा टीका लगाउने प्रचलन छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डेबाट शितल निवासमा टीका लगाइन् । त्यसपछि उनले आफन्त र सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरे । उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट उनले दशैंको टीका लगाएका हुन् ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । बालुवाटारमा आफूले टीका लगाएपछि उनले पत्नी राधिकालाई टीका लगाइदिएका थिए । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाइदिएका थिइन् ।

भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी थिइन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई टीका लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेललाई टीका लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा कानुन तथा न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई टीका लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा संकृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई टीका लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई टीका लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई टीका लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई टीका लगाई दिनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरालाई टीका लगाई दिनुहुँदै ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।


विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस !’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले ठूलीआमाको हातको टीका लगाएका छन् । मंगलबार दिउँसो मन्त्री निवास पुलचोकमा उनले दशैंको टीका लगाएका हुन् । उनले टीका लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् ।

श्रम रोजगार मन्त्री गोकर्ण बिष्टले पनि ९ वर्षपछि गृहजिल्ला गुल्मी आएर आमा ८९ वर्षीया चिन्ताको हातबाट टीका लगाएका छन् । इस्मा गाउँपालिका–४ स्थित घरमा पुगेर मन्त्री बिष्टले टीका लगाएका हुन् ।

 

विभिन्न कारणले ९ वर्षपछि मात्रै आमाको हातको टीका लगाउन पाएको बताउँदै उनले आमाको आग्रह अनुसार दशैंको टीका लगाउनका लागि आएको पनि जनाए ।

थापाले दाजु अवकास प्राप्त रथी नेत्रबहादुर थापा र भाउजु अमिताको हातको टीका लगाएका हुन् । आफूले टीका ग्रहण गरे पश्चात उनले परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि