• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • २७ वर्षको उमेरमै सबैभन्दा धनी

२७ वर्षको उमेरमै सबैभन्दा धनी

  • बिहीबार, अशोज २३, २०७६
२७ वर्षको उमेरमै सबैभन्दा धनी

२७ वर्षको उमेरमा रोशनी नादार भारतमा सबैभन्दा धनी महिला बनेकी छन् । ३७ वर्षे नादार एचसीएल इन्टरप्राइजेज कम्पनीको सीइओ हुन् । उनीले सीएनबीसी न्यूज च्यानलमा इन्टन रही काम समेत गरेकी थिइन् ।

उनीसँग ६० हजार करोड रुपैयाँ सम्पत्ति छ । रोशनीले कम्पनी मात्रै चलाउँदिनन उनी शिव नादार फाउण्डेसनको शिक्षा अभियानमा समेत योगादन पुर्याउँछिन ।

भारतीय धनीहरुको सूचीमा ४० प्रतिशत महिलाहरुले सम्पत्ति फार्माच्यूटिकल, सफ्टवेयर, एफएमसीजी र सेवा क्षेत्रबाट कमाएका छन् ।

धनीहरुको सम्पत्तिमा गत वर्षको तुलनामा २ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा ३४४ जनाको सम्पत्ति कम भएको छ भने ११२ जनाले १ हजार करोड भारुको आँकडा पार नै गर्न सकेनन् ।

रिपोर्ट अनुसार १ हजार करोड भारुभन्दा बढी सम्पत्ति हुनेहरुको संख्या बढेर ९५३ पुगेको छ । यो संख्या गत वर्ष ८३१ थियो । त्यस्तै, बिलेनियर्सको सूचीमा भने १४१ बाट घटेर १३८ जना पुगेको छ ।

गैर आवासीय भारतीयहरुमध्ये ८२ जनामध्ये ७६ प्रतिशत ३१ जनाले सेल्फ–मेड सम्पत्ति आर्जन गरेका थिए । गैर आवासीय भारतीयहरु सबैभन्दा धेरै अमेरिकामा छन् । त्यस्तै, दुबई र बेलायतमा पनि छन् । जसमा १५२ महिलाहरु छन् । जसको औसत उमेर ५६ वर्ष छ । ऐजेन्सीे

Facebook Comments

सम्बन्धित समाचार