• होमपेज
  • समाचार
  • सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

  • बुधबार, अशोज २२, २०७६
सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् । ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो ।

“मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैँ मनाएको छु, धन्यवाद नेपालीहरु”, उहाँले भन्नुभयो । अर्का पर्यटक जोसिलो कोस्टा पनि निकै हर्षित देखिनुहुन्थ्यो । उहाँले आगामी वर्ष पनि नेपालमा आएर दशैँ मनाउने बताउनुभयो ।

सौराहाको सपना भिलेजले हरेक वर्ष जस्तै यो वर्ष पनि दुर्गा पूजा गर्दै पर्यटकलाई समेत दशैँ मनाउने परम्परालाई निरन्तरता दिएको सपनाका प्रबन्ध निर्देशक धु्रव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकलाई हाम्रो संस्कृतिसमेत पहिचान गराउनुपर्छ भनेर शुरु गरेका हौँ, दशैँँमा नेपाल घुम्न आउने पर्यटकलाई संस्कृति सिक्ने प्याकेज बनाउन चाहान्छौँ ।”

“विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक मेरिकोलले भन्नुभयो । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम शुरु भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशँै मनाउने परम्परा बनाएका छन् ।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि