• होमपेज
  • म्यूजिक भिडियो
  • राईको पुर्वेली गीत ‘मनै साटिन्छ’ सार्वजनिक

राईको पुर्वेली गीत ‘मनै साटिन्छ’ सार्वजनिक

  • बिहिबार, अशोज १६, २०७६

संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ “ गीतको भिडियो बजारमा आएको छ ।

दिलिप सागरको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको दिलिप सागरले बताए । गीतमा श्री राईको स्वर रहेको छ  । गीत लाई निकै आकर्षक रुपमा तयार पारिएको छ  । गीतमा युवा युवती विचमा हुने प्रेमलाई निकै आकर्षक रुपमा समेटिएको छ  ।

दिपक गिरीको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “मनै साटिन्छ “ गीतको भिडियोमा मरिष्का पोखरेल, निरन्जन प्रधानको अभिनय तथा नृत्य रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार