• होमपेज
  • मनोरञ्जन
  • “बान्नोमा” बोलको मन छुने भिडियो सार्वजनिक

“बान्नोमा” बोलको मन छुने भिडियो सार्वजनिक

  • सोमवार, अशोज १३, २०७६

सन् ९० को दशकको झझल्को दिने आफ्नो पहिलो म्युजिक भिडियो  “ तिम्रो रुपले ” बाट सोर्ता र दर्शकको राम्रो प्रतिक्रिया र चर्चा कमाउन सफल गायक सम्राट न्यौपानेले आफ्नो दोस्रो म्युजिक भिडियो “ बान्नोमा  ” सार्वजनिक गरेका छन । नेपाल आइडल सिजन २ मा टप २० सम्म आफ्नो स्थान बनाउन सफल गायक न्यौपानेले उक्त रियालिटी शोमा आफ्नो गायन कलाले धेरैको मन जितेका थिए ।

बान्नो शब्द नेपालको पश्चिम भेग तिर बोलिने बोलीचालीको शब्द हो जसको अर्थ  पर्खाल हुन्छ । थिम्याटिक भर्सनको “ बान्नोमा “ बोलको गीत बाध्यताले बिदेशिनु परेका लाखौ नेपालीहरुमा समर्पित छ ।

म्युजिक भिडियोमा भर्खरै बिवाह गरेका एक मायालु नव विवाहित दम्पतिको  कथा देख्न पाइन्छ । विवाह पश्चात जिम्मेवारी र दायित्व बढ्ने हुदा श्रीमतीको दिमागले श्रीमान विदेश गए हुन्थ्यो भन्ने लाग्छ ।

उनले तेस्मा भोलिको सुन्दर भविश्य देख्छिन । तर दिलले भन्छ श्रीमान विदेश नगए हुन्थ्यो । विदेश जाने दिन निश्चित भए पछि तेसअघिको रात जुन श्रीमान श्रीमतीले छट्पटि ,अनिदो र  रोएर बिताउछन त्यो दृश्य भिडियोमा एकदम कारुणिक तरिकाले प्रस्तुत गरिएको छ ।

विदेश जानको लागि गरगहना बेच्नु पर्ने अवस्था ,  श्रीमतीले  श्रीमानलाई एयर पोर्टमा बिदाई गर्दाकोअवस्थाका दृश्य सबै मन छुने छ । छुट्टिए पश्चात दुबैले संगै बिताएका सुन्दर पलहरु श्रीमतीले घरको बान्नोमा र श्रीमानले प्लेनको सिटमा बसेर सम्झना गरिएको देख्न सकिन्छ । साईली गीत पछिको यो म्युजिक भिडियोलाई एक उत्कृस्ट गीत मान्न सकिन्छ ।

गीतमा स्वर र संगीत सम्राट न्यौपानेको रहेको छ भने सम्राट स्वयमले गीतको संगीत संयोजन गरेका हुन । गीतका मनछुने शब्द सरोज केसीले लेखेका हुन । भिडियोमा सम्राटका आफ्नै दाजु सौरभ न्यौपाने र भावना उप्रेतीको जिवन्त अभिनय देख्न सकिन्छ । पवन सुस्लिङ्गले छायांकन गरेको भिडियोलाई पवन स्वयमले सम्पादन गरेका हुन ।

सौरभ न्यौपानेको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । गीत र भिडियो बाट आफु निकै आशावादी रहेको र दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको दुई दाजुभाई सौरभ र सम्राटले बताएका छन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि