• होमपेज
  • मनोरञ्जन
  • सञ्चारकर्मी सरिताको ‘मेरो जवानी’

सञ्चारकर्मी सरिताको ‘मेरो जवानी’

  • बिहिबार, अशोज ९, २०७६

सञ्चारर्मी, मोडल एवम् गायिका सरिता भारतीको नयाँ गीत ‘मेरो जवानी…’को भिडियो बुधबार रिलिज गरिएको छ ।
आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डिङ गीत हो । उनी केही समय यताबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा गायन सिकिरहेकी छिन् ।

लोक पप शैलीको यो गीत ‘डान्सिङ आईटम नम्बर’ बनेको छ । युवतीहरुलाई पैसा किन्न पाइँदैन, उनीहरुलाई मायाँ गरेर आफ्नो बनाउनु पर्छ भन्ने सन्देश यो गीतले दिन खोजेका गायिका सरिताले बताईन् ।

अहिले चर्चामा रहेकी बेली डान्सकी कलाकार बिनु शाक्यको यो गीतमा बेजोड नृत्य छ । बिनुसँगै मोडल अनिषा न्यौपाने र एलिना ठकुरीको नृत्य पनि त्यत्तिकै बेजोड छ । भिडियोमा अभिनेता मोडल रमेश चन्द सोडारीले पुरुष मोडलको भूमिका निभाएका छन् । भिडियोमा गायिका सरिता आफैं पनि मोडलको रुपमा छिन् ।

बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माईकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । फ्रि स्टाईलको डान्स प्रस्तुत गरिएको उनको कोरियोग्राफी प्रसँसनीय छ । रामशरण उप्रेतीको छायाँकन र प्रदीप कँडेलको सम्पादनमा यो भिडियो तयार भएको हो । जसमा गायिका भारती र बिना राना मगरको सृँगार रहेको छ ।

ब्युटी न्युज नेपालको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । गीतमा डब्बु क्षत्रीकै शब्द र जुगल डंगोलको सँगीत रहेको छ । गीतको संगीत संयोजन र रेकर्डिङ पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज पुतलीसडकमा रेकर्ड गरिएको यो गीत र भिडियोलाई विलक्षण क्रियसनले निर्माण गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार