• होमपेज
  • मनोरञ्जन
  • भुवन, बसुन्धरा देखि स्वस्तीमा सम्मलाई नवदुर्गा सम्मान

भुवन, बसुन्धरा देखि स्वस्तीमा सम्मलाई नवदुर्गा सम्मान

  • बिहिबार, अशोज ९, २०७६
भुवन, बसुन्धरा देखि स्वस्तीमा सम्मलाई नवदुर्गा सम्मान

नेपाली चलचित्रको प्रथम अभिनेत्री देखि अहिले चल्तीमा रकहेका अभिनेत्री समेटेर राष्ट्रिय नवदुर्गा सम्मान गरिने भएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा साँस्कृतिक कार्यक्रम सहित गरि यो सम्मान कार्यक्रममा विभिन्न नौ अभिनेत्रीलाई सम्मान गरिदै छ । सम्मानित हुने अभिनेत्रीहरुमा नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरु भुवन चन्द तथा बसुन्धरा भूषाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइटेल एवं स्वस्तीमा खड्का रहेका छन् ।

विशिष्ट अभिनेत्री सहित नव अभिनेत्री सम्म राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिनुमा विशिष्टलाई कदर गरिएको र नयाँहरुलाई भने एकै मञ्चमा प्रोत्साहन गरिएको आयोजकहरु मध्ये एक शहिद फिल्मकी विमना केसीले बताइन् ।

राष्ट्रिय नवदुर्गा सम्मान सहित वृहत साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । साँस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भिर विष्ट, गजित विष्ट, प्रवित्रा आचार्य लगायतका कलाकार रहेको आयोजक संस्था मध्ये एक रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् । सम्मानका अलावा मनोटोनस् नहोस भन्नका खातिर साँस्कृतिक प्रस्तुति समेटीएको उप्रेतीले बताइन् । उनले भनिन् – पक्कै पनि साँस्कृतिक प्रस्तुति आकर्षक हुनेछ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल रहेका छन् । राष्ट्रिय नाचघरमा आयोजना हुने यस कार्यक्रमको सञ्चालन भने दीपज्योती थापाले गर्नेछिन् । कार्यक्रम राष्ट्रिय नाचघरमा यहि १३ गते देखी शुरु हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि