• होमपेज
  • मनोरञ्जन
  • सरोज आश्मा र आशिष आँचलको प्रेम ‘एकान दुई कान मैदान

सरोज आश्मा र आशिष आँचलको प्रेम ‘एकान दुई कान मैदान

  • मङ्लबार, भदौ २४, २०७६

गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ। भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन्।

फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिदै निकै रुचाएका छन्। आफ्नो हरेक म्युजिक भिडियोलाई स्तरीय र राम्रो बनाउन आफू हरसमय प्रयासरत रहेकोले यो गीतमा पनि आफूले राम्रो मिहेनत गरेको निर्देशक आचार्यको भनाई रहेको छ।

निकै महंगा कलाकारहरु भेला पारेर तयार पारेका गीत भन्दै खर्च कति गर्नु भयो भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै गायक आशिष सचिनले आफूले बजेट भन्दा पनि राम्रो म्युजिक भिडियो उत्पादनमा आवश्यक खर्च गरेको बताए। उनी अघि थप्छन्, फेरि भिडियो राम्रो बनाउने नाममा धेरै पैसा खर्च गर्न पर्छ भन्ने छैन। कन्टेन राम्रो भएमा सिर्जना आफै राम्रो बन्छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि