• होमपेज
  • मनोरञ्जन
  • गीतकार अम्बिका गुरुङको ‘मखमली चोली २’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको ‘मखमली चोली २’ सार्वजनिक

  • शनिबार, भदौ २१, २०७६

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) बोलको गीत सार्वजनिक गरिएको हो ।

मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो । मखमली चोली कोलको गीतले युट्युबमा ६५ लाख बढि भ्युज पाएको छ ।

दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ ।  गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ । गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन् । गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् ।

शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि